रोनाल्डो ‘प्लेयर अफ् द सिजन’ घोषित

एजेन्सी, जेठ ५
सुपरस्टार क्रिस्टियानो रोनाल्डो इटालियन सिरी ‘ए’ फुटबलअन्तर्गत जारी सिजनको ‘प्लेयर अफ् द सिजन’ घोषित भएका छन् । अघिल्लो दिन रोनाल्डो वर्षकै सबैभन्दा मूल्यावन् खेलाडी घोषित भएका हुन् ।

रोनाल्डोले जारी सिजन घरेलु लिगमा कूल २२ गोल गर्दै ११ गोलका लागि असिस्ट गरेका छन् । जसमा उनले २१ गोल सिरी ‘ए’मा गरेका छन् भने १ गोल सुपरकोपा इटालियामा गरेका छन् ।

यो सिजन युभेन्टसलाई कीर्तिमानी आठौं लिग जिताउन रोनाल्डोले महत्त्वपूर्ण योगदान दिएका थिए । त्यसैगरी, सुपर कोपाको उपाधि जिताउँदा पनि रोनाल्डोले नै विजयी गोल गरेका थिए ।

त्यसैगरी, यो सिजन लिगको ‘गोलकिपर अफ् द सिजन’ इन्टर मिलानका कप्तानसमेत रहेका ह्यान्डानोभिक घोषित भएका छन् । त्यसैगरी, नापोलीका कोउलीबेली ‘बेस्ट डिफेन्डर अफ् द सिजन’ घोषित भएका छन् ।

त्यसैगरी, साम्पडोरियाका फरवार्ड फावियो क्वाग्लिएरिल्ला ‘फरवार्ड अफ् दि सिजन’ घोषित भए । उनले यो सिजन २६ गोल गर्दै ८ गोलका लागि असिस्ट गरेका छन् ।

त्यस्तै, रोमाका युवा फरवार्ड जानिओलो ‘बेस्ट योङ प्लेयर अफ् द सिजन’ घोषित भए । इटालियन लिगमा अझै अन्तिम दुई खेल बाँकी छन् । आजबाट ३७औं साताका खेल सुरु हुँदैछन् ।

प्रकाशित मिति ५ जेष्ठ २०७६, आईतवार ०३:०६
Loading...