म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि, स्टर्लिङले हाने ह्याट्रिक !

काठमाडौं, जेज ७
जारी सिजन इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनेको म्यानेस्टर सिटीले तेस्रो घरेलु प्रतियोगिता नकआउट एफए कपको उपाधि जितेको छ । उसले शनिबार राति भएको फाइनल खेलमा लिग प्रतिस्पर्धी वाटफोर्डमाथि ६–० को शानदार जित निकाल्दै छैटौंपटक कपको उपाधि जितेको हो ।

सिटीले यसअघि अन्तिमपटक सन् २०११ मा मात्रै यो उपाधि जितेको थियो । त्यसयता उसले यो उपाधि जित्न सकेको थिएन । सिटीलाई उपाधि जिताउनेक्रममा युवा फरवार्ड रहिम स्टर्लिङले ह्याट्रिक हाने ।

पेप ग्वार्डिओलाको नेतृत्वमा ट्रिबेल घरेलु घरेलु उपाधि जित्नेक्रममा सिटीले टोटनह्यामको घरेलु मैदान वेम्बली रंगशालामा वाटफोर्डमाथि एकपक्षीय जित निकाल्यो ।

सिटीलाई फराकिलो जित दिलाउनेक्रममा खेलको २६औं मिनेटमा डेभिड सिल्भाले पहिलो गोल गरेका थिए । त्यससपछि ३८औं मिनेटमा रहिम स्ट्रलिङले गोल गरेर पहिलो हाफमा सिटीलाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ६१औं मिनेटमा सिटीका लागि केभिन डे ब्रुयानले तेस्रो गोल गरे । फेरि त्यसको ७ मिनेटपछि नै सिटीका लागि ग्याब्रिएल जेसुसले गोल गर्दै सिटीलाई ४–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८१औं मिनेटमा सिटीका लागि स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गरेर टिमलाई ५–० को अग्रता दिलाउँदा उनैले ८७औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । त्यसपछि खेलमा थप गोल भएन । र, खेल सिटीले ६–० ले जित्यो ।

यससँगै सिटीले जारी सिजन दुई घरेलु उपाधि जितेको छ । ऊ युरोपियन च्याम्पियन्स लिगमा पनि अन्तिम आठमा लिग प्रतिस्पर्धी टोटनह्यामसँग पराजित हुँदै बाहिरिएको थियो ।

प्रकाशित मिति ४ जेष्ठ २०७६, शनिबार १७:५२
Loading...