‘सर्वाधिक कमाउने’मा मेस्सी र रोनाल्डोको प्रतिस्पर्धा : यस्तो छ टप–२० सूची

एजेन्सी, जेठ ४
चर्चित खेल वेबसाइट ‘ट्रान्सफर मार्केट’ ले आधुनिक फुटबलमा सर्वाधिक कमाइ गर्ने फुटबलरको सूची सार्वजनिक गरेको छ । आज उसले यो समय विश्वका सर्वाधिक कमाइ गर्ने २० खेलाडीको सूची सार्वजनिक गरेको हो ।

सार्वजनिक सूचीमा स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी र इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोबीच प्रतिस्पर्धा देखिएको छ । मेस्सी पहिलो नम्बरमा छन् भने रोनाल्डो दोस्रो नम्बरमा छन् ।

त्यसैगरी, फ्रेन्च कलब पिएसजीका नेइमार तेस्रो नम्बरमा छन् । चौथो नम्बरमा स्पेनिस एथलेटिको मड्रिड छाड्ने घोषणा गरेका एन्टोनी ग्रीजम्यान तथा पाँचौंमा स्पेनिस रियल मड्रिडका ग्यारेथ बेल छन् ।

मेस्सीले एक वर्षमा सबैखाले आम्दानीबाट गरी कूल १३० मिलियन पाउन्ड कमाइ गर्छन् । उनीपछि रोनाल्डोले ११३ मिलियन कमाइ गर्छन् । मेस्सीले रोनाल्डोभन्दा १३ मिलियन पाउन्ड बढी कमाउँछन् । तेस्रो नम्बरमा रहेका नेइमारले कूल ९१.५० मिलियन पाउन्ड कमाइ गर्छन् ।

टप–२० को सबैभन्दा पुछारमा रियल मड्रिडका कप्तान सर्जियो रामोस छन् । उनले कूल २३ मिलियन पाउन्ड एक वर्षमा कमाइ गर्छन् ।

युरोपभन्दा बाहिरबाट सबैभन्दा बढी कमाइ गर्ने बार्सिलोनाका पूर्वखेलाडी जापानी क्लब भिसेल कोबेका आन्द्रेस इनिस्टा छन् । उनले कूल ३३ मिलियन कमाइ गर्छन् ।

यस्तो छ टप–२० खेलाडीको सूची (वार्षिक कमाइ पाउन्डमा) :

प्रकाशित मिति ४ जेष्ठ २०७६, शनिबार ०८:५८
Loading...