एफए कप : उपाधिका लागि आज म्यानचेस्टर सिटी र वाटफोर्ड भिड्दै

काठमाडौं, जेठ ४
इंग्ल्यान्डको नकआउट फुटबल प्रतियोगिता एफए कपमा आज उपाधि भिडन्त हुँदैछ । यस सिजनको उपाधिका लागि ५ पटकको च्याम्पियन म्यानचेस्टर सिटी र वाटफोर्ड भिड्दैछन् । फाइनल खेल टोटनह्यामको घरेलु रंगशाला वेम्बली स्टेडियममा हुँदैछ । खेल राति ९ः४५ बजेबाट सुरु हुनेछ ।

यसअघि सेमिफाइनलमा सिटीले ब्राइटनलाई १–० ले हराएको थियो भने वार्टफोर्डले उल्भ्सलाई ३–२ ले हराएर फाइनलमा स्थान बनाएको थियो ।

सिटी यो सिजन घरेलु लिग प्रिमियर लिगको च्याम्पियन बनिसकेको छ । ऊ युरोपिन च्याम्पियन्स लिगमा अन्तिम आठबाटै आउट भएको थियो । सिटी कप प्रतियोगिता जितेर अर्को उपाधि थप्ने दाउमा छ ।

यो सिजन उत्कृष्ट लयमा रहेको वाटफोर्ड भने आज सिटीलाई स्तब्ध बनाएर पहिलोपटक यो प्रतियोगिता जित्ने दाउमा छ ।

प्रकाशित मिति ४ जेष्ठ २०७६, शनिबार ०३:५८
Loading...