कोपा अमेरिका खेल्ने ब्राजिलको टोलीमा छुटेका यी ‘स्टार’ अनुहारहरू

एजेन्सी, जेठ ४
अर्को महिनाबाट हुने कोपा अमेरिका फुटबलका लागि ब्राजिलले अघिल्लो दिन २३ सदस्यीय टोली घोषणा गर्यो । सार्वजनिक टोलीमा अधिकांश स्टार खेलाडीले स्थान बनाएका छन् ।

नेइमारको कप्तानीमा टोली घोषणा गर्दा केही युवा र उदीयमान खेलाडीले टोलीमा मौका पाएका छन् भने केही अनुभवी र स्टार खेलाडीलाई भने टोलीमा राखिएको छैन । प्रशिक्षक टिटेले यो समय उच्च लयमा खेलिरहेका खेलाडीलाई समेट्दा केही स्टार खेलाडीलाई चैं टोलीमा अटाँएनन् ।

यसपटक टोलीमा भरपर्दा लेफ्ट ब्याक मार्सेलोलाई राखिएको छैन । स्पेनिस रियल मड्रिडबाट खेलिरहेका ३१ वर्षीय मार्सेलोलाई यसपटक प्रशिक्षक टिटेले विश्वास गरेनन् ।

उनको स्थानमा इटालियन युभेन्टसबाट खेलिरहेका लेफ्ट ब्याक एलेक्स सान्ड्रोलाई टोलीमा मौका दिएका छन् । २८ वर्षीय सान्ड्रो युभेन्टसका पहिलो रोजाइका लेफ्ट ब्याक हुन् ।

त्यसैगरी, ब्राजिलको टोलीमा निकै अपेक्षा गरिएका रियल मड्रिडकै युवा खेलाडी भिनिसियस जुनियरलाई पनि राखिएको छैन । हालसालै चोटमुक्त हुँदैन फर्किएका उनी टोलीमा पर्नेमा धेरैको विश्वास रहे पनि अन्तिम समयमा टिटेले उनलाई टोलीमा स्थान दिएनन् ।

त्यसैगरी, इंग्लिस टिम टोटनह्यामबाट खेल्ने फरवार्ड लुकास मोउरा पनि टोलीमा अँटेनन् । हालसालै टोटनह्यामलाई युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा डच टिम आयाक्सविरुद्ध सनसनीपूर्ण कमब्याक जित दिलाउन मोउरालो सनसनीपूर्ण ह्याट्रिक गरेका थिए ।

उनकै प्रेरणादायी प्रदर्शनमा टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा छ । तर, टिटेले च्याम्पियन्स लिगका ह्याट्रिक हिरोलाई टोलीमा मौका दिएनन् ।

त्यसैगरी, इटालियन युभेन्टसका फरवार्ड डग्लस कोस्टा पनि ब्राजिलको टोलीमा छैनन् । युभेन्टसबाट खेल्ने द्रुत गतिका फरवार्ड उनलाई टिटेले कोपामा मौका दिएनन् ।

त्यसैगरी, इंग्लिस क्लब चेल्सीका स्टार खेलाडी विलियनलाई पनि टोलीमा राखिएको छैन । अर्को इंग्लिस टिम लिभरपुलका मिडफिल्डर फाविन्होलाई पनि टोलीमा राखिएको छैन । त्यस्तै, चेल्सीकै डिफेन्डर डेभिड लुइज पनि टोलीमा परेका छैनन् ।

केही स्टार खेलाडी टोलीमा नपर्दा यसपटक केही युवा खेलाडीले भने मौका पाएका छन् । जसमा इंग्लिस क्लब एभर्टनका रिचार्लिसन, डच टिम आयाक्सका डेभिड नेरेस, स्पेनिस बार्सिलोनाका अर्थुर मेलोलगायत खेलाडी टोलीमा परेका छन् ।

कोपा अमेरिका जुन १४ बाट ब्राजिलका विभिन्न सहरमा हुँदैछन् । प्रतियोगिता जुन १४ देखि जुलाई ७ सम्म चल्नेछ । प्रतियोगिता आयोजक ब्राजिल समूह ‘ए’मा परेको छ । सो समूहमा बोलिभिया, पेरु र भेनेज्वेला परेका छन् । ब्राजिललाई यसपटक सबैभन्दा बलियो उपाधि दाबेदार टोली मानिएको छ ।

यस्तो छ ब्राजिलको टिम :

प्रकाशित मिति ४ जेष्ठ २०७६, शनिबार ०३:०१
Loading...