बार्यन म्युनिखद्वारा प्रशिक्षक कोभाक बर्खास्त

एजेन्सी, जेठ ४
जर्मन क्लब बार्यन म्युनिखले प्रशिक्षक निको कोभाकलाई बर्खास्त गरेको छ । क्लबले अघिल्लो दिन आफ्ना प्रमुख प्रशिक्षक बर्खास्त गरेको हो ।

आफ्नो पहिलो सिजनमै बुन्डेसलिगाको उपाधि नजिक पुर्याएका कोभाकले बार्यनलाई डिएफबी कप फुटबलको फाइनलमा र्पुयाएका छन् ।

तर, बार्यन च्याम्पियन्स लिगमा भने प्रि–क्वार्टरफाइनलबाटै आउट भएको थियो । बार्यनले मे २५ मा डिएफबी कपको फाइनल खेल्ने तालिका छ । तर, त्यसअघि नै उसले प्रशिक्षक बर्खास्त गरेको हो ।

यता, बार्यनले बुन्डेस लिगामा अन्तिम खेल आज राति खेल्दैछ । ऊ ३३ खेलपछि ७५ अंक बनाएर लिगको शीर्ष स्थानमा छ भने बोरुसिया डर्टमुन्ड ७३ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति ४ जेष्ठ २०७६, शनिबार ०१:३४
Loading...