युरोपा लिगको क्वार्टरफाइनल पुग्ने ८ टिमको टुंगो लाग्यो, कहिले हुँदैछ ड्र ?

काठमाडौं, चैत १
युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगको अन्तिम आठको समीकरण पूरा भएको छ । गत राति अन्तिम १६ अन्तर्गत दोस्रो लेगका खेल सकिएसँगै अन्तिम आठमा पुग्ने ८ वटै टोलीको टुंगो लागेको हो । गत राति अन्तिम १६ अन्तर्गत दोस्रो लेगका सबै खेल एकैदिन भएका थिए ।

यसपटक अन्तिम आठमा पुग्ने टोलीमध्ये इंग्ल्यान्ड र स्पेनबाट २—२ टोली छन् । त्यसैगरी पोर्चुगल, जर्मनी, इटाली र चेक रिपब्लिकबाट १—१ टिमले अन्तिम आठमा स्थान बनाए ।

  • आर्सनल (इंग्ल्यान्ड)
  • चेल्सी (इंग्ल्यान्ड)
  • भ्यालेन्सिया (स्पेन)
  • भिल्लारियल (स्पेन)
  • बेनफिका (पोर्चुगल)
  • फ्रान्कफुर्ट (जर्मनी)
  • नापोली (इटाली)
  • स्लाभिया प्रहा (चेक रिपब्लिक)

अन्तिम आठको ड्र कहिले ?

युरोपा लिगको अन्तिम आठको ड्र शुत्रबार (आज) स्वीट्जरल्यान्डको लियोनस्थित युइएफएको केन्द्रीय कार्यालयमा हुनेछ । ड्र नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ ।

युरोपा लिगको ड्रअघि च्याम्पियन्सको लिगको ड्र पनि आजै हुँदैछ । पहिला च्याम्पियन्स लिगको ड्र भएपछि केहीबेरमै युरोपा लिगको ड्र हुनेछ ।

प्रकाशित मिति March 15, 2019
Loading...