आइसिसीको वरीयतामा नेपालका पारस र सोमपालको छलाङ !

काठमडौं, माघ २८
नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइससी) नयाँ वरीयतामा ठूलो फड्को मारेका छन् । आइसिसीले जारी गरेको नयाँ टि– २० क्रिकेट वरीयतामा पारस र सोमपाल कामीले फड्को मारेका हुन् ।

जसमा ब्याटिङ विधामा कप्तान पारसले ६ स्थान सुधार गरेका छन् । उनी अब सो वरीयताको ९०औं स्थानमा चढेका छन् । यसअघि पारस ९६औं स्थानमा थिए ।

त्यसैगरी, बलिङतर्फ सोमपाल कामीले पनि ठूलो छलाङ मारेका छन् । उनले २३ स्थान सुधार गर्दै ७०औं स्थानमा चढेका छन् । उनी यसअघि ९३ औं स्थानमा थिए ।

त्यसैगरी, बलिङ विधातर्फ बसन्त रेग्मीले पनि तीन स्थान सुधार गरेका छन् । यसअघि ७४औं स्थानमा रहेकोमा नयाँ वरीयताअनुसार उनी अब ७१औं स्थानमा चढेका छन् ।

यता, अलराउन्डर विधातर्फ पारसले आफ्नो अवस्था सुधार गर्दै ३९औं स्थानमा रहँदा सोमपालले पनि सो विधामा १३ स्थान छलाङ मार्दै ५१औं स्थानमा चढेका छन् ।

आइसिसीको नयाँ वरीयताअनुसार ब्याटिङमा बाबर आजम, बलिङमा राशिद खान र अलराउन्डरतर्फ ग्लेन म्याक्सवेल सबैभन्दा शीर्ष स्थानमा छ ।

प्रकाशित मिति २८ माघ २०७५, सोमबार ०९:५९
Loading...