बिबिएल टि–२० क्रिकेट : सन्दीपको शानदार प्रदर्शनसँगै मेलबर्न स्टार्स सेमिफाइनलमा !

काठमाडौं, माघ २७
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले शानदार प्रदर्शन गरेपछि उनको टिम मेलबर्न स्टार्स बिग बास लिग टि–२० को अन्तिम चारमा प्रवेश गरेको छ । आज भएको खेलमा मेलबर्नले सिड्नी सिक्सर्सलाई हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।

आज भएको निर्णायक खेलमा मेलबर्नले सिड्नीलाई ९४ रनले स्तब्ध बनायो । यो जितपछि मेलबर्न लिगको दोस्रो स्थानमा रहेर सेमिफाइनल पुग्न सफल भयो ।

खेलमा सिड्नीले १६९ रनको लक्ष्य पछ्याएको थियो । जहाँ ऊ १३ ओभर ४ बलमा ७४ रनमै अलआउट भएपछि मेलबर्नले शानदार जित निकाल्यो ।

सिड्नीलाई कम स्कोरमै हराउन मेलबर्न स्टार्सका लागि नेपालका सन्दीपले व्यक्तिगत रूपमा उच्च प्रदर्शन गरे । उनले सन्दीपले आफ्नो स्पेलको ३ ओभर ४ बलमा मात्रै ११ रन दिएर ३ विकेट झारे ।
त्यसक्रममा सिड्नीका ड्यानिय ह्युग्सले १२, स्टिभ ओ किफीले ११ तथा टोम कुरनले १० रन बनाउँदा अन्य ब्याट्सम्यान चल्न सकेनन् । यता, बलिङतर्फ मेलबर्नका तर्फबाट एडम जाम्पा र ड्यानियल ओरालले समामन २–२ लिँदा ग्लेन म्याक्सवेल र ज्याक्सन बर्डले समान १–१ विकेट झारे ।

त्यसअघि पहिला ब्याटिङमा आएको मेलबर्नका लागि राम्रो स्कोर बनाउनेक्रममा ग्लेन म्याक्सवेलको आक्रमक ब्याटिङक गरे । मेल बर्नले ६ विकेट गुमाएर १ सय ६८ रनको स्कोर बनाएको थियो ।

जहाँ मेलबर्नका लागि म्याक्सवेलले ८२ रनको पारी खेलेका थिए । त्यसपछि पिटर ह्यान्डकम्वले ३५ रन जोड्दा मार्कुस इस्टोइन्सले ३४ रनको योगदान दिए ।

त्यसैगरी, निक म्याडिन्सले १३ रन सघाए । यता, बलिङतर्फ सिड्नीका लागि टोम कुरनले २ विकेट लिँदा बिन डिवार्सियस, सिन एब्बोट र स्टिभ ओ किफीले १–१ विकेट आफ्नो नाममा लेखाए ।

प्रकाशित मिति २७ माघ २०७५, आईतवार ०९:३८
Loading...