टि–२० अन्तर्राष्ट्रिय क्रिकेट : युएईमाथि नेपालको शानदार जित, सिरिज बराबरीमा !

काठमाडौं, माघ १८
टि–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले युएईमाथि प्रभावशाली जित दर्ता गरेको छ । आज भएको दोस्रो खेलमा नेपालले युएईलाई ४ विकेटले स्तब्ध बनायो ।

दोस्रो खेलमा नेपाललाई युएईले १०८ रनको लक्ष्य दिएको थियो । जसमा जवाफी ब्याटिङमा आएको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेट गुमाउँदै जितको बिन्दु भेट्टायो ।

महत्त्वपूर्ण खेलमा नेपाललाई जिताउन दीपेन्द्रसिंह ऐरी र पवन सर्राफ नायक बने । कमजोर अवस्थामा उनीहरूले नेपाललाई जिततर्फ लगेका थिए ।

सुरुआती समयमा दबाबमा परेको नेपालका लागि दीपेन्द्र र पवनले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरेपछि नेपाल जिततर्फ अघि बढेको थियो । त्यसक्रममा दीपेन्द्र ४७ रनमा अविजित रहँदा पवनले १८ रन बनाए ।

त्यसअघि १०.१ ओभरमा सन्दीप जोरा आउट हुँदा नेपालको स्कोर ५ विकेटको क्षतिमा ४६ रन मात्रै बनाएको थियो । त्यसपछि क्रिजमा आएका पवनले दीपेन्द्रसँग मिलेर शतकीय पारी खेलेपछि नेपालले महत्त्वपूर्ण जित निकाल्यो । यससँगै नेपाल र युएईको सिरिज १–१ को बराबरीमा पुगेको छ ।

प्रकाशित मिति १८ माघ २०७५, शुक्रबार १२:३७
Loading...