यस्तो बन्नेछ धुर्मुस–सुन्तलीले बनाउने आधुनिक क्रिकेट रंगशाला (हेर्नुहोस् ११ तस्बिरमा)

काठमाडौं, माघ १६
विगत लामो समयदेखि कलाकारितासँगै सामाजिक क्षेत्रमा समेत सक्रिय कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) नेतृत्वको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा सुविधा सम्पन्न क्रिकेट रंगशाला बनाउने घोषणा गरेको छ । फाउन्डेसनले चितवनको नगरपालिकामा शान्तिका दूत गौतम बुद्धको नामबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा आज गरेको हो ।

आज एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच चितवनमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणासहित समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ ।

आधुनिक संरचनाअनुसार बन्ने भनिएको रंगशाला चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसरभित्रको शान्ति चोकमा बन्ने छ । सो क्षेत्रमा रहेको २० बिघा ६ कठ्ठा क्षेत्रफलमा रंगशाला बन्नेछ । रंगशालाको दर्शक क्षमता २५ हजार हुनेछ ।

फाउन्डेसनले सो रंगशालामा नेपाली मौलिकतासहित निर्माण हुने बताइएको छ । रंगशाला स्तुपा आकारको हुनेछ । त्यस्तै, मैदान भने फुलेको कमल फूल आकारको हुनेछ ।

सो रंगशाला क्षेत्रबाट शान्त बग्ने नारायणी नदी र सुन्दर हिमालको समेत दृश्य हेर्न सकिनेछ । डिजाइनअनुसार रंगशाला प्रवेशद्वारमै पाथीभरा, बूढासुब्बा, हलेसी, जनकपुरधाम, बडिमालिका, पशुपति, बौद्ध स्वयम्भूनाथ, विन्दबासिनी, सिद्धबाबा, स्वर्गद्वारी, लुम्बीनीसहित सिंगो नेपालको प्रतिनिधित्व झल्किने स्वागत दृश्य हुनेछ ।

रंगशाला बनिसक्दा अन्तर्राष्ट्रिय सुधिवासम्पन्न रंगशालाकै जस्तो सिट र अन्य सुविधा हुनेछ । रंगशालामा चारवटा ढोका हुनेछन् ।

त्यसैगरी, अभ्यास गर्न दुईटा छुट्टै खेल मैदानसमेत बन्नेछन् । खेलाडी बस्ने कक्ष, आराम कक्षलगायत सबै रहनेछन् ।

यस्तो रंगशालाको कूल लागत ३ अर्ब रुपैयाँ रहने बताइएको छ । फाउन्डेसनले आगामी ६ महिनाभित्र बिस्तृत आयोजना प्रतिवेदन तयार भइसक्नेछ ।

बनिसक्दा यस्तो देखिने छ रंगशाला :

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति १६ माघ २०७५, बुधबार १४:३०
Loading...