ए डिभिजन लिग : उपाधि मनाङको पोल्टामा, कसले के–के जिते ? (फोटो फिचर)

काठमाडौं, पुस २४
काठमाडौंमा जारी ए डिभिजन लिग फुटबलको उपाधि मनाङ मस्र्याङ्दी क्लबको पोल्टामा परेको छ । लिगका अन्तिम २ खेल बाँकी छँदै उपाधि जितेको मनाङ आज भएको लिगको अन्तिम १३औं खेलमा फ्रेन्ड्स क्लबसँग १–० ले पराजित भयो ।

यसअघि मनाङले लिगका १२ खेलमा सबै खेल जितेको थियो । लिगका १३ वटै खेल जितेर उपाधि जित्ने कीर्तिमान नजिक पुगेको मनाङ अन्तिम खेलमा पराजित भएपछि उसको सो अभियान पूरा हुन सकेन ।

लिग च्याम्पियन बनेसँगै मनाङले उपाधिसमेत पोल्टामा पारेको छ । मनाङले १३ खेलबाट ३६ अंक बनाएर लिग पूरा गरेको हो । अब उसले लिग विजेताका हैसियतमा एएफसी कपमा प्रतिस्पर्धा गर्नेछ ।

उत्कृष्ट फरवार्ड – भरत खवास

अन्य उपाधि कसले के जिते ?

उत्कृष्ट प्रशिक्षक – सुमन श्रेष्ठ (मनाङ)
उत्कृष्ट डिफेन्डर – रन्जित धिमाल, थ्री स्टार
फेयर प्ले टिम – ब्रिगेड ब्वाइज
उत्कृष्ट गोलकिपर – विशाल श्रेष्ठ (मनाङ)
बेस्ट मिडफिल्डर – हेमन गुरुङ (मनाङ)
उत्कृष्ट फरवार्ड – भरत खवास (आर्मी क्लब, ७ गोल)
उदीयमान खेलाडी – विकास खवास, १ लाख पुरस्कार (आर्मी क्लब)

विधागत रूपमा उत्कृष्ट ठहरिएका सबै खेलाडीले एक–एक थान पल्सर मोटरसाइकल र ५० हजार नगद पुरस्कार पाए ।

लिगका ६ टोलीलाई पनि पुरस्कार !

लिगमा टप–६ मा पर्ने टोलीलाई पनि नगद पुरस्कार दिइयो । लिगको विजेता मनाङले ५० लाख रुपैयाँ पुरस्कार थाप्यो । त्यस्तै, उपविजेता बनेको संकटा क्लबले ३५ लाख पाउँदा तेस्रो बनेको थ्री स्टारले २५ लाख पायो ।

त्यसैगरी, चौथो भएको त्रिभुवन आर्मी क्लबले १५ लाख, पाँचौं भएको एपिएफले ७ लाख पाउँदा छैटौं भएको नेपाल पुलिस क्लबले पनि ५ लाख नगद रुपैयाँ पुरस्कार पायो ।

उत्कृष्ट गोलकिपर – विशाल श्रेष्ठ (मनाङ)

प्रकाशित मिति २४ पुष २०७५, मंगलवार १५:५२
Loading...