कतारद्वारा विश्वकपको फाइनल खेल हुने रंगशाला सार्वजनिक (हेर्नुहोस् पाँच तस्बिरमा)

एजेन्सी, पुस २
सन् २०२२ को फिफा विश्वकप फुटबल कतारमा आयोना हुँदैछ । सो विश्वकप फुटबलको उद्घाटन र फाइनल हुने लुसेल रंगशालाको डिजाइन आयोजक देश कतारले हालसालै सार्वजनिक गरेको छ ।

खाडी मुलुक कतारले विश्वकपका लागि निर्माण हुँदै गरेको लुसेल रंगशालाको डिजाइन हालसालै सार्वजनिक गरेको हो । कतारका अनुसार लुसेल सहर निर्माणाधीन सो रंगशालाले ८० हजार दर्शक थेग्छ ।

यो विशेष रंगशाला कतारको राजधानी दोहाबाट करिब १५ किमी दूरीमा रहेको छ । आयोजक कतारले सो रंगशालाको निर्माण कार्य करिब ९० प्रतिशत सकिएको पनि जनाएको छ ।

विश्वकपका लागि कतारमा दर्जन रंगशाला तयार हुँदैछन् । जसमा सबैजसो रंगशालको अहिले धमाधम निर्माण कार्य भइरहेको छ ।

कतार विश्वकप सन् २०२२ को नोभेम्बर २१ देखि सुरु हुँदैछ । सन् २०१८ को विश्वकप रसियामा भएको थियो ।

प्रकाशित मिति December 18, 2018
Loading...