जब मेस्सी बार्सिलोनाको खेलको ‘दर्शक’ बने (हेर्नुहोस् ६ तस्बिरमा)

काठमाडौं, कात्तिक ८
युरोपियन च्याम्पियन्स लिग फुटबलमा अन्तिम ३२ अन्तर्गत तेस्रो खेलमा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा इन्टर मिलानविरुद्ध खेल्दा टोलीका कप्तान लिओनल मेस्सी टोलीमा थिएनन् ।

गत साता ला लिगामा आफ्नै घरमा सेभिल्लाविरुद्धको खेलक्रममा मेस्सी हात भाँचिएपछि टोलीबाहिर रहेका थिए । बुधबारको खेलमा बलियो टोली मिलानविरुद्ध उत्रिँदा मेस्सीबिना बार्सिलोना निकै दबाबमा पर्न सक्ने धेरैको अड्कल थियो ।

तर, त्यसो भएन । मेस्सी नभएको खेलमा बार्सिलोनाले इन्टर मिलानलाई सहजै २–० ले हरायो । र, प्रतियोगितामा लगातार तेस्रो जित निकाल्यो ।

उक्त खेलमा मेस्सी आफ्नो टोलीको खेल हेर्न एक दर्शकका रूपमा विशिष्ट आसन सिटमा बसेका थिए । मेस्सी आफ्ना छोरा थियागो मेस्सीलाई लिएर खेल हेर्न पुगेका थिए ।

भाँचिएको दायाँ हातमा ‘आर्म स्लिङ’ लगाएर खेल हेर्न पुगेका मेस्सी रंगशालामा हाँसीखुसी देखिन्थे । बार्सिलोनाका लागि राफिन्हाले पहिलो गोल गर्दा मेस्सीले उठेर खुसी बाँडेका थिए । त्यसबोला उनका छोराले पनि बुबासँगै खुसी बाँडेका थिए ।

१ गोलको अग्रता लिएका बेला बार्सिलोनाले मिलानविरुद्ध दोस्रो गोल गरेपछि भने मेस्सी झन् खुसी र विश्वस्त देखिए । उनको चेहरामा त्यो खुसी प्रष्टै देख्न सकिन्थ्यो ।

हेरौं मेस्सीका केही तस्बिर :

प्रकाशित मिति October 25, 2018
Loading...