इन्टर मिलानको लगातार जित : युभेन्टस १२ अंकले पछि

काठमाडौं, चैत २६

इटालियन सिरी ए लिग फुटबलमा उपाधि होड लिड गरिरहेको क्लब इन्टर मिलालने अर्को मत्त्वपूर्ण जित निकालेको छ । गत राति भएको लिगको २९औं साताको खेलमा इन्टरले आफ्नो घरेलु मैदानमा पाहुना टोली सासुओलोलाई २–१ ले हरायो । यो जितसँगै इन्टर अब उपाधितर्फ थप एक कदम अघि बढेको छ ।

आफ्नो मैदानमा लिगको नवौं स्थानको सासुओलोलाई हराउनेक्रममा २ जना स्टार खेलाडीले गोल गरे । पहिलो गोल खेलको १०औं मिनेटमा रोमेलु लुकाुकले गरे । उनले अस्ले योङको पासमा गोल गरेर पाहुना टोलीलाई सुरुआती झट्का दिएका थिए । यो सिजन उत्कृष्ट लयमा रहेका लुकाकुले यस खेलमा पनि गोल दर्ता गराउन सफल भए ।

त्यसपछि खेलको ६७औं मिनेटमा युवा खेलाडी लौटारो मार्टिनेजले दोस्रो गोल गरेर अग्रता बढाए । मिलानको जितमा मार्टिनेजको सो गोल मुख्य थियो । तर, खेलको ८५औं मिनेटमा सासुओलोका लागि हेम्ड जुनियर ट्राओरेले गोल गरेपछि मिलानको जित २–० बाट २–१ मा खुम्चिएको थियो । त्यसपपछि पनि सासुओलोले गोल गर्ने अवसर बनाएको थियो । तर, चुक्दा मिलानको जित पक्का भयो ।

अब यो जितपछि इन्टर मिलानले २९ खेलबाट कूल ७१ अंक बनाएको छ । यो जितपछि साबिक विजेता युभेन्टस भने १२ अंकले पछि परेको छ । दोस्रो स्थानको एसी मिलानको खातामा ६० अंक छ । युभेन्टस ५९ अंकसहित तेस्रो स्थानमा रहँदा सासुओलो ४० अंकका साथ नवौं स्थानमा यथावत छ ।

प्रकाशित मिति २६ चैत्र २०७७, बिहीबार ०६:३२
Loading...