च्याम्पियन्स लिग : पोर्टोमाथि चेल्सीले निकाल्यो सहज जित

काठामाडौं, चैत २६

च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलअन्तर्गत पहिलो लेगको खेलमा इंग्लिस क्लब चेल्सीले सहज जित निकालेको छ । गत राति भएको खेलमा चेल्सीले पोर्चुगलको क्लब पार्टोलाई उसकै घरेलु मैदानमा ०–२ ले पराजित गरेको हो । यो जितपछि चेल्सी सेमिफाइनल प्रवेश गर्ने बाटो सहज भएको छ ।

पोर्टोको घरेलु मैदानमा खेलको ३२औं मिनेटमा युवा खेलाडी मासोन मोउन्टले गोल गरेर पाहुना टोलीलाई अग्रता दिलाएका थिए । उनले जर्जिन्होको पासमा निकै सुन्दर गोल गरेका थिए । सो गोलपछि चेल्सीलाई दोस्रो गोलका लागि ८५औं मिनेटसम्म संघर्ष गर्नु परेको थियो । जहाँ मिडफिल्डर बेन चिलवेलले गोल गरेर टिमलाई दोहोरो अग्रता दिलाए ।

त्यसपछि बाँकी समयमा दुवै तर्फबाट थप गोल नभएपछि खेल चेल्सीले एकपक्षीय रूपमा ०–२ ले जित्यो । अब यो जितपछि चेल्सीको अर्को चरणको यात्रा सहज भएको छ । अब दोस्रो लेग चेल्सीले आफ्नो घरमा खेल्दा सामान्य नतिजा नै काफी हुनेछ ।

प्रकाशित मिति २६ चैत्र २०७७, बिहीबार ०६:१७
Loading...