सिरी ए : युभेन्टसले नापोलीलाई हरायो

काठमाडौं, असार २६

इटालियन सिरी ए लिग फुटबलमा युभेन्टसले नपोलीलाई हराएको छ । बुधबार राति भएको सिजनको २९औं साताको खेलमा युभेन्टसले नापोलीलाई २–१ ले हराएको हो । आफ्नो घरेलु मैदान एलिनाज रंगशालामा जिताउन युभेन्टसका लागि २ जना खेलाडीले गोल गरे । नापोलीले अन्तिम समयमा १ गोल फर्काएको थियो । आजको खेलमा युभेन्टसका फरवार्ड पाउलो डिबालाको लामो समयपछिको कमब्याक सार्थक रह्यो ।

युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले खेलको १३औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । उनले फेडरिको किइजाको पासमा निकै दर्शनीय गोल गरेका थिए । सो गोलअघि रोनाल्डो एक सहज अवसरमा गोल गर्नबाट चुकेका थिए । तर, दास्रो अवसरमा उनले कुनै गल्ती गरेनन् । किइजाको पासमा बक्सभित्र रहेका उनले एकै प्रहारमा गोललाई जाली चुमाएका थिए । उनका लागि यो सिजनको २५औं गोल हो ।

त्यसपछि दोस्रो गोल खेलको लामो समयपछि मैदान फर्किएका फरवार्ड पाउलो डिबालाले गरे । खेलको ६९औं मिनेटमा अल्भारो मोराटाको स्थानमा मैदान छिरेका उनले रोड्रिगो बेन्टाकुरको पासमा निकै सुन्दर गोल गरेर टिमलाई दोहोरो अग्रता दिलाएका थिए । लामो समयपछि कमब्याक गरेका उनले पहिलो खेलमै गाल गर्न सmल भएका हुन् ।

तर, पाहुना टोली नापोलीले खेलको अन्तिम समय ९०औं मिनेटमा पेनाल्टीमार्फत् गोल फर्कायो । पेनाल्टीमार्फत् लोेरेन्जो इन्सिग्नेले गोल गरेपछि खेल २–१ मा सकियो । अब यो जितपछि युभेन्टसले २९ खेलबाट ५९ अंक बनाएर लिगको तेस्रो स्थानमा चढेको छ । पराजित नापोली समान खेलपछि ५६ अंकका साथ पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति २५ चैत्र २०७७, बुधबार २२:५६
Loading...