च्याम्पियन्स लिग क्वार्टरफाइनल : डर्टमुन्डमाथि सिटीको जित

काठमाडौं, चैत २५

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । गत राति भएको खेलमा सिटीले आफ्नो घरेलु मैदानमा पाहुना टोली जर्मन क्लब बोरुसिया डर्टमुन्डमाथि २–१ को जित निकालेको हो । सिटीलाई आफ्नो घरमा जिताउन २ जना खेलाडीले गोल गरेका थिए ।

सिटीका लागि पहिलो गोल खेलको १९औं मिनेटमा बेल्जियन स्टार केभिन डे ब्रुयानेले गरेका थिए । उनले रियाद महारजेको पासमा दर्शनीय गोल गरेर टिमलाई लिड लिएका थिए । त्यसपछि खेलको ३७औं मिनेटमा डर्टमुन्डको १ गोल भिएआरले रद्ध गरिदिएको थियो । जसका कारण ऊ खेलमा फर्किनबाट बन्चित भयो ।

त्यसपछि निकै ढिला गरी डर्टमुन्ड खेलमा फर्कियो । ८४औं मिनेटमा मार्को रेउसले गोल गरेर खेल १–१ को बराबरी बनाए । उनको गोलमा युवा खेलाडी अर्लिङ हल्यान्डले गोल गरे । यस खेलमा टिमको गोलमा सहयोग गरे पनि हल्यान्ड पछिल्ला दुई खेलमा लगातार गोलविहीन बनेका छन् । यस खेलमा पनि उनको प्रदर्शन खास प्रभावकारी रहेन ।

आफ्नो घरमा खेल बराबरी भएका बेला सिटीले ९०औं मिनेटमा गोल हान्यो । यसपटक इकाए गुन्डोवानको पासमा युवा स्टार फिल फोडेनले शानदार गोल गरेपछि खेल सिटीले २–१ ल जित्यो । अब सेमिफाइनल जान यी दुई टोलीबीच दोस्रो लेगमा निर्णायक भिडन्त हुनेछ । दोस्रो लेगको खेल डर्टमुन्डको घरेलु मैदानमा हुनेछ ।

प्रकाशित मिति २५ चैत्र २०७७, बुधबार ०७:२०
Loading...