लिभरपुलविरुद्धको खेलअघि रियल मड्रिडलाई तीनवटा खुसीको खबर

एजेन्सी, चैत २२

युरोयिन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा महत्त्वपूर्ण खेलअघि स्पेनिस क्लब रियल मड्रिडलाई केही खुसीका खबर मिलेका छन् । टोलीका २ जना प्रमुख खेलाडी इडेन हाजार्ड र ड्यानी कार्भाहाल चोटमुक्त हुँदै मैदान फर्किने भएका छन् । रियलले च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलविरुद्ध यसै साता खेल्दै छ । त्यसपछि ला लिगामा सिजनको दोस्रो इल क्लासिको बार्सिलोनाविरुद्ध यसै साता खेल्ने तालिका रहेको छ ।

रियलले मात्रै ९ दिनको बीचमा ३ ठूला खेल खेल्नेछ तालिका छ । जसमा पहिला च्याम्पियन्स लिगमा पहिलो लेगको खेल र त्यसपछि बार्सिलोनासँगला लिगामा खेल्नेछ । लगत्तै च्याम्पिपयन्स लिगमा लिभरपुलविरुद्ध दोस्रो लेगको खेल खेल्नेछ । रियलले ९ दिनको लगातार ३ ठूला खेल खेल्नुपर्ने अवस्थामा यी २ जना खेलाडीको फिर्ती निकै महत्त्वपूर्ण भएको छ । लामो समयदेखि चोटसँग जुध्दै आएका बेल्जियन स्टार हाजार्डले आजबाट समूहमा प्रशिक्षण थालेका छन् ।

रियल र प्रशिक्षक जिनेदिन जिदानका लागि हाजार्डको फिर्ती निकै खुसीको खबर हो । त्यसैगरी, रक्षापंक्तिमा प्रमुख खेलाडी ड्यानी कार्भाहाल पनि चोटमुक्त भएका छन् । पहिलो रोजाइका राइट ब्याकको पुनरागमन जिदानका लागि अर्को खुसीको खबर हो । त्यसगैगरी, अट््याकिङ मिडफिल्डका असरदार युवा खेलाडी फेडे भाल्भर्डेको कमब्याक जिदानका लागि अर्को खुसीको खबर हो । भाल्भर्डे जिदानको टोलीमा एक प्रमख हिस्सा बन्दै आएका छन् । उनी आगामी खेलमा उपलब्ध हुनेछन् ।

रियलले च्याम्पियन्स लिगमा क्वार्टरफाइलनको पहिलो लेगको खेल बुधबार राति आफ्नो घरेलु मैदानमा लिभरपुलसँग खेल्नेछ । त्यसको ३ दिनपछि ला लिगामा बार्सिलोनाविरुद्ध क्लासिको भिडन्त पनि आफ्नै घरमा खेल्नेछ । त्यसको ३ दिनपछि नै च्याम्पियन्स लिगका दोस्रो लेगको खेल लिभरपुलसँग अवे मैदानमा खेल्नेछ । रियलका लागि लगातारका ३ ठूला खेलको दबाब पक्कै पनि सजिलो हुनेछैन । तर, हाजार्ड, कार्भाहाल र भाल्भर्डेको पुनरागमन ठूलो राहत हुनेछ ।

प्रकाशित मिति २२ चैत्र २०७७, आईतवार २२:२५
Loading...