रातो कार्डमा नेइमारको खराब रेकर्ड : आखिर किन पटक–पटक झगडामा उत्रिन्छन् नेइमार ?

काठमाडौं, चैत २२

फ्रेन्च क्लब पिएसजी तथा ब्राजिलका स्टार फरवार्ड नेइमार पछिल्लो वर्षहरूमा लगातार विवाद, झमेला, प्रतिबन्ध र कारबाही भोग्दै आइरहेका छन । उनी क्लबभित्र पनि पटक–पटक अनुशासनको कारबाहीमा परिसकेका छन् भने नियामक निकयाले पनि उनलाइ अनुशासनको कारबाही गरिसकेका छन् यसका कारण उनको चर्को आलोना पनि हुँदै आएको छ । गत राति नेइमार फेरि अर्को कारबाहीको सिकार हुन पुगे । लिग वान फुटबलमा लिलेविरुद्धको खेल दौरान नेइमारले रातो कार्ड खान पुगे, यसबाट उनका नाममा खराब रेकर्ड बनेको छ । अन्तर्राष्ट्रिय ब्रेकपछिको पहिलो खेलमा नेइमारले दोहोरो पहेंलोका साथ राता कार्ड खाएका हुन् ।

आफ्नो घरेलु मैदानमा लिग लिडर पिएसजी र दोस्रो स्थानको लिले भिडिरहेका थिए । खेलको २०औं मिनेटमा लिलेका लागि जोनाथन डेडिभले गोल गरेर पिएसजीलाई उसकै घरमा झट्का दिएका थिए । सो गोलपछि पिएसजी चर्को दबाबमा परेको थियो । पिएसजी हार नजिक पुगेका बेला अन्तिम समयमा पनि बराबरी गोलको खोजीमा थियो । तर, ९० मिनेटपछि थप समयमा खेलमा तनाव सिर्जना भयो । पिएसजीका नेइमार लिलेका डिफेन्डर टियागो डिजालोसँग झगडामा उत्रिएपछि रेफ्रीले दुवैलाई दोहोरो पहेंलोका साथ रातो कार्ड दिएर मैदानबाट निकालेका थिए । बल खोसाखोस गर्नेक्रममा नेइमार र टियागोबीच घम्साघम्सी भएको थियो । सोक्रममा उनीहरू दुवैले एअर्कालाई लडाएका थिए । सोक्रीममा आफूलाई लडाएर टियागोले बल लाइनबाहिर फालेपछि नेइमार आक्रोशित भए । र, उनी टियागोमाथि जाइलागे ।

दुवै खेलाडीबीच हात हालाहाल र भनाभन भयो । रेफ्री र सहकर्मीले पटक–पटक अलग गराउँदा पनि उनीहरूले झगडामा उत्रिएपछि रेफ्रीले दुवैलाई रातो कार्ड दिर मैदानबाट निकालेका थिए । पछि मैदानबाट निस्किएपछि पनि नेइमार र टियागोबीच चेन्जिङ रुमतर्फ जानेक्रममा टनेलमा हात हालाहाल भएको थियो । त्यहाँ पनि नेइमारले टियागोमाथि झम्टिएपछि प्रहरी र अफिसियलले बल प्रयोग गरेर उनीहरूलाई छुट्याउनु परेको थियो । आफ्नै घरमा टिम दोस्रो स्थानको टिमसँग हारेपछि नेइमार झन् आक्रोशित बनेका थिए, उनले त्यसको झोंक विपक्षी खेलाडीमाथि देखाए ।

यो खेलमा पाएको रातो कार्डका कारण नेइमारले आगामी एक खेल गुमाउने त पक्का छ । तर, मैदानबाट बाहिरिनेक्रममा नेइमारले टियागामाथि हातपात गर्न खोजेकाले सो कुरालाई खेल रेफ्रीले खेल रिपोर्टमा समावेश गरेर लिगमा बुझाएको खण्डमा लिगको अनुशासन समितिले नेइमारलाई खेल दौरान अभद्र व्यवहार गरेको आरोपमा ३ खेलसम्म प्रतिबन्ध लगाउन सक्छ । यदि रेफ्रीले नेइमारको हर्कतलाई रिपोर्टमा उल्लेख नगरे एक प्रतिबन्धमै उनको कारबाही सीमित हुनेछ ।

यता, गत राति पाएको रातो कार्डपछि नेइमारका नाममा खराब रेकर्ड बनेको छ । नेइमार अब लिग वान इतिहासमा सबैभन्दा थोरै खेलबाट सबैभन्दा धेरै रातो कार्ड खाने खेलाडी बनेका छन् । नेइमारले सन् २०२० लागिकन लिग वान जम्मा १४ लिग खेल मात्रै खेलेका छन् र त्यसक्रममा उनले ३ वटा रातो कार्ड पाइसकेका छन्, जुन सबैभन्दा बढी हो । यसअघि लिग वानमा मात्रै १४ खेलका बीचमा कुनै पनि खेलाडीले ३ वा रातो कार्ड खाएको इतिहास छैन ।

नेइमारको टिम पिएसजीले बुधबार राति च्याम्पियन्स लिगमा अन्तिम आठको पहिलो लेगको खेलमा जर्मन क्लब बार्यन म्युनिखसँग उसकै मैदानमा खेल्दै छ । नेइमार सो खेलमा भने उपलब्ध हुनेछन् । लिग वानको रातो कार्ड अन्य प्रतियोतिगामा लागू हुँदैन । पिएसजी बार्यनलाई हराउँदै च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने दाउमा रहेको छ । बार्यनका प्रमुख खेलाडी रोवर्ट लेवान्डोस्की घाइते हुँदाको फाइदा पिएसजी दुवै लेगमा उठाउने दाउमा छ । नेइमारले जारी सिजन पिएसजीका लागि मात्रै २० खेल खेल्दै १३ गोल गरेका छन् ।

प्रकाशित मिति २२ चैत्र २०७७, आईतवार १०:५१
Loading...