मेस्सीलाई पछि पार्दै बेन्जेमा ला लिगाको प्लेयर अफ् द मन्थ

काठमाडौं, चैत २१

स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जेमा प्लेयर अफ् द मन्थ घोषित भएका छन् । ला लिगाले उनलाई मार्च महिनाका लागि सर्वोत्कृष्ट खेलाडी घोषित गरेको हो । सो महिनामा ३३ वर्षीय बेन्जेमाले उत्कृष्ट प्रदर्शन गर्दै ३ खेलबाट ५ गोल र १ असिस्ट गरेका थिए । उनले मात्रै ३ खेलबाट ६ गोलमा योगदान दिएका थिए । मार्च महिनामा भएको मड्रिड डर्बीमा बेन्जेमाले टिम हार नजिक पुगेका बेला ८८औं मिनेटमा गोल गरेर टिमलाई हारबाट बचाएका थिए ।

त्यसपछि उनले इल्चेविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरे भने त्यसपछि सेल्टा भिगोविरुद्ध पनि उनले २ गोल गर्दै १ असिस्ट गरेका थिए । यसपटक प्लेयर अफ् द मनथ अवार्डका लागि बेन्जेमासँगै बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीलाई दाबेदार मानिएको थियो । तर, मेस्सीलाई पछि पार्दै बेन्जेमाले अवार्ड जिते । रियलले आज राति ला लिगामा एइबारसँग आफ्नो घरेलु मैदानमा लिगको २९औं साताको खेल खेल्नुअघि अवार्ड प्रदान गरिनेछ ।

प्रकाशित मिति २१ चैत्र २०७७, शनिबार १७:५१
Loading...