सिरी ए लिगमा आज एकैदिन १० खेल : टुरिन डर्बीमा युभेन्टस र टोरिनो भिड्दै

काठमाडौं, चैत २१

अन्तर्राष्ट्रिय ब्रेक सकिएपछि आजबाट इटालियन सिरी ए लिग फुटबल सुचारु हुँदैछ । आज लिगको २९औं साताअन्तर्गत एकैदिन कूल १० खेल हुँदैछन् । आज साँझबाट मध्यरातसम्म २० वटै टिमले आ–आफ्नो २९औं खेल खेल्दैछन् । तर, ६ टिमका लागि आजको खेल २८औं साताको मात्रै हुनेछ । आज हुने खेलहरूमध्ये लिग लिडर इन्टर मिलानले बोलोग्ना, दोस्रो स्थानको एसी मिलानले साम्पडोरियासँग खेल्दा आजै टुरिन डर्बीमा युभेन्टस र टोरिनो पनि आमनेसामने हुनेछन् । त्यसैगरी, आज नापोलीले क्रोटोने, रोमाले सासुओलोसँग भिड्दा लाजियोले स्पेजियाको सामना गर्नेछ ।

लिग लिडर इन्टर मिलान र युभेन्टसका लागि भने आजको खेल २८औं साताका खेल हुनेछन् । लिगमा ६ टिमले एक खेल कम खेलेका छन् । हाल अंक तालिकामा इन्टर मलिान २७ खेलपछि ६५ अंकका साथ पहिलो स्थानमा रहँदा एसी मिलान ५९ अंकका साथ दोस्रो तथा युभेन्टस ५५ अंकसहित तेस्रो, ५५ नै अंक भएको एटलान्टा चौथो र ५३ अंक भएको पाँचौं स्थानमा छ । अहिले यन्टर दोस्रो स्थानको एसी मिलानभन्दा ६ अंक र तेस्रो स्थानको युभेन्टसभन्दा ठीक १० अंकले अघि छ । इन्टर हालकै अवस्थामा उपाधि होडमा सुविधाजनक अग्रतासहित रहेको छ । आजका खेल नेपाली समयमा तल हेरौं–

(साँझ ६ः४५ बजेबाट एकसाथ सुरु हुने खेलहरू)
१। एसी मिलान भर्सेस साम्पडोरिया
२। एटलान्टा भर्सेस उडिनेस
३। नापोली भर्सेस क्रोटोने
४। बेनेभेन्टो भर्सेस पार्मा
५। सासुओलो भर्सेस रोमा

६। जेनोआ भर्सेस फियोेरेन्टिना
७। क्याग्अिलरी भर्सेस भेरोना
८। लाजियो भर्सेस स्पेजिया
९। टोरिनो भर्सेस युभेन्टस – राति ९ः४५ बजे
१०। बोलोग्ना भर्सेस इन्टर मिलान – राति १२ः३० बजे

प्रकाशित मिति २१ चैत्र २०७७, शनिबार ११:३८
Loading...