ला लिगाको बेस्ट टिममा बार्सिलोनाको बर्चस्व : कुन क्लबका कति खेलाडी परे ?

एजेन्सी, चैत १८

स्पेनिस ला लिगा फुटबलमा बेस्ट टिम घोषणा भएको छ । फुटबलको चर्चित संस्था ‘हु स्कोर्ड’ले ला लिगामा मार्च महिनाका लागि लिगको बेस् टोली घोषणा गरेको हो । महिनाभरिको खेलाडीको व्यक्तिगत प्रदर्शन र क्लबको स्थितिलाई समेत आधार मानेर घोषणा गरिएको बेस्ट टोलीमा बार्सिलोनाको बर्चस्त रहेको छ । ‘ला लिगा टिम अफ् द मन्थ’ मा बासिलोनाका मात्रै ५ जना खेलाडी समावेश भएका छन् ।

जबकि, यो सिजन उपाधि होडमा शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडबाट मात्रै एक जना गोलकिपर परेका छन् । लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनाका ५ जना खेलाडी पर्दा तेस्रो स्थानमा रहेको रियल मड्रिडका २ जना परेका छन् । त्यसैगरी, रियल बेटिस, रियल सोसिडाड र रियल भाल्लाडोलिडका १–१ जना खेलाडी परेका छन् । बार्सिलोनापछि दोस्रो धेरै रियलबाट मात्रै २ जना परेका छन् ।

पछिल्लो समय बार्सिलोनाले लिगमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकाले उसका धेरै खेलाडी बेस्ट टोलीमा परेका हुन् । कुनैबेला लिगको १५औं स्थानतिर रहेको बार्सिलोना अहिले दोस्रो स्थानमा छ । र, उसले एथ्लेटिकोसँगको दूरी मात्रै ४ मा छोट्याएको छ । बार्सिलोना ला लिगामा पछिल्ला १८ खेलमा लगातार अपराजित रहँदै अघि बढेको छ । ताजा अवस्थामा बार्सिलोना दोस्रो सथानमा भए पनि उसले उपाधि होडमा एथ्लेटिकोमाथि दबाब बनाइरहेको छ । यस्तो छ बेस्ट टोली–

प्रकाशित मिति १८ चैत्र २०७७, बुधबार २१:५४
Loading...