कतार विश्वकप छनौट : आज पोर्चुगल र लक्जेमवर्ग भिड्दै

काठमाडौं, चैत १७

अर्को वर्ष २०२२ मा कतारमा आयोेजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रमा जारी छनौट खेल अन्तर्गत आज पोर्चुगलले आफ्नो तेस्रो खेल खेल्दै छ । उसले यसअघि दुई खेल खेलिसकेको छ । आज तेस्रो खेलका लागि पोर्चुगल लक्जेमवर्गको घरेलु मैदानमा उत्रिँदैछ । यो खेल नेपाली समयअनुसार राति ठीक १२ः३० बजेबाट सुरु हुनेछ । खेल जोसे बार्देल रंगशालामा हुनेछ । यो लक्जेमवर्गको घरेलु मैदान हो ।

यसअघि भएका दुई खेलमा पोर्चुगलले एकमा जित र एकमा बराबरी गरेको छ । लक्जेमवर्गले एक खेल जित्दा एक खेल हारेको छ । हाल समूह ‘ए’ मा पोर्चुगल ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने लक्जेमवर्ग ३ अंकसहित तेस्रो स्थानमा रहेको छ । ४ नै अंक भएको सर्बिया सिरानमा छ । पोर्चुगलले पहिलो खेलमा अजरबैजानलाई हराएको थियो भने दोस्रो खेल सर्बियासँग २–२ को बराबरी खेलेको थियो ।

आज लक्जेमवर्गको मैदानमा खेल्दा पोर्चुगल स्पष्ट जितको खोजीमा हुनेछ । यसअघि सर्बियाविरुद्धको खेलमा टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोको गोलले मान्यता नपाउँदा निराश बनेका उनका लागि आजको खेलमा गोल गरेर टिमलाई जिताउने लक्ष्यमा हुनेछन् । छनौट चरणका खेलमा सकेसम्म गोल गरेर गोल संख्या बढाउने सोचमा रहेका उनले पछिल्ला दुई खेलमा गोल गर्न सकेका छैनन् । तसर्थ, आजको खेलमा रोनाल्डोमाथि व्यक्ति गोलको दबाब पनि रहनेछ ।

प्रकाशित मिति १७ चैत्र २०७७, मंगलवार ०७:३५
Loading...