कतार विश्वकप छनौट खेल आजदेखि सुरु : पहिलो दिन १२ खेल खेल हुँदै

काठमाडौं, चैत ११

अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन महादेशमा आज रातिबाट छनौट खेलहरू सुरु हुँदैछन् । कतार विश्वकप यात्रामा सहभागी हुन र टिकट काट्नका लागि आजबाट युरोपका ५२ वटा देशले छैनाट खेल सुरु गर्न लागेका हुन् । छनौट चरणअन्तर्गत आज पहिलो दिन विभिन्न १२ वटा खेलहरू हुँदैछन् । आज हुने १२ खेलमध्ये केही हेभिवेट टोलीका खेलहरू पनि हुँदैछन् । बाँकी खेल अर्को दिन हुनेछन् । पहिलो चरणमा मार्च अन्तिमसम्मा सबै देशले ३–३ वटा खेल खेल्नेछन् ।

आज हुने खेलहरू मध्ये पहिलो खेल टर्की र नेदरल्यान्ड्सबीच हुनेछ । दोस्रो खेलमा फ्रान्स र युक्रेनले प्रतिस्पर्धा गर्नेछन् । फ्रान्स सन् २०१८ संस्करणको च्याम्पियन टोली हो । त्यसैगरी, आजै स्लाभेनिया र क्रोएसियाको खेल पनि हुनेछ । क्रोएसिया २०१८ को उपविजेता टोली हो । विश्व फुटबलको सदाहार बेल्जियम र वेल्स आज पहिलो खेलमै आमनेसामने हुँदैछन् । सर्बिया र आयल्यान्डको खेल पनि आजै हुँदा माल्टा र रसियाको खेल पनि हुनेछ । आज हुने महत्त्वपूर्ण खेलमध्ये एक खेलमा पोर्चुगल र अजरबैजानको खेल पनि हुँदैछ । आज हुने खेलको नेपाली समय तल उल्लेख छ:–

टर्की भर्सेस नेदरल्यान्ड्स – राति १०ः४५ बजे
(बाँकी ११ सबै खेल राति ठीक १ः३० बजेबाट एकसाथ हुनेछन्)
फ्रान्स भर्सेस युक्रेन
ग्रीबाल्टार भर्सेस नर्वे
फिनल्यान्ड भर्सेस बोस्निया एन्ड हर्जगोभिना
लाटभिया भर्सेस मोन्टेनेग्रो
स्लोभेनिया भर्सेस क्रोएसिया

बेल्जियम भर्सेस वेल्स
सर्बिया भर्सेस आयरल्यान्ड
पोर्चुगल भर्सेस अजरबैजान
माल्टा भर्सेस रसिया
इस्टोनिया भर्सेस चेक रिपब्लिक
साईप्रस भर्सेस स्लोभाकिया

प्रकाशित मिति ११ चैत्र २०७७, बुधबार ११:०६
Loading...