बार्सिलोना भर्सेस हुएस्का : पहिलो हाफमा बार्सिलोना २–१ ले अघि

काठमाडौं, चैत ३

स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा अहिले तेस्रो स्थानको बार्सिलोना र २०औं स्थानको हुएस्का बीचको खेल जारी छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ रंगशालामा जारी खेलको पहिलो हाफमा बार्सिलोनाले २–१ को अग्रता बनाएको छ । बार्सिलोनाका लागि पहिलो गोल खेलको १३औं मिनेटमा कप्तान लिओनल मेस्सीले गरेका थिए । सर्जियो बुस्केट्सको पासमा मेस्सीले बक्स बाहिरबाट बुलेट सटमा बडा सुन्दर गोल गरेका थिए । मेस्सीको कडा प्रहार बारमा लागेर गोलमा परिणत भएको थियो ।

त्यसपछि दोस्रो गोल खेलको ३५औं मिनेटमा एन्टोनी ग्रजिम्यानले गरे । ग्रीजम्यानले पनि निकै सुन्दर गोल गरेका थिए । ग्रीजम्यानको गोलमा युवा खेलाडी पेड्रीले निकै राम्रो असिस्ट दिएका थिए । गरेका २ गोलबाहेक बार्सिलोनाले पहिलो हाफमा कम्तीमा थप २ गोल गर्ने मौका पाए पनि चुकेको थियो । २ गोल गरेको बार्सिलोनाले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टी गोल खाएपछि पहिला हाफ २–१ मा सकियो ।

प्रकाशित मिति २ चैत्र २०७७, सोमबार २०:०४
Loading...