युभेन्टस भर्सेस लाजियो : पहिलो हाफमा १–१ को बराबरी

काठमाडौं, फागुन २३

इटालियन सिरी ए लिग फुटबलमा अहिले तेस्रो स्थानको युभेन्टस र सातौं स्थानको लाजियो बीचको खेल जारी छ । युभेन्टसको घरेलु मैदान एलिनाज रंगशालामा जारी खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ । टोलीका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोबिनै खेलिरहेको युभेन्टस आफ्नै घरमा चर्को दबाबमा देखिएको छ । खेलको १२औं मिनेटमा लाजियोका जोआन कोरेरियाले गोल गरेर घरेलु टोलीलाई झट्का दिएका थिए । तर, खेलको ३९औं मिनेटमा युभेन्टस खेलमा फर्कियो । फ्रेन्च मिडफिल्डर आड्रेन राबिओटले बुलेट सटमा बडा शानदार गोल गरेर खेल १–१ बनाए । उनको गोलमा अल्भारो मोराटाले निकै सुन्दर असिस्ट दिएका थिए, जसमा राबिओटले कुनै गल्ती गरेनन् । लाजियोले युभेन्टसविरुद्ध निकै आक्रामक खेल खेलिरहेको छ ।

 

प्रकाशित मिति २३ फाल्गुन २०७७, आईतवार ०२:२०
Loading...