सेभिल्लाविरुद्ध बार्सिलोनाको परीक्षा : यस्तो हुनेछ आज दुई टोलीको प्लेइङ–११

काठमाडौं, फागुन १५

स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज राति एक प्रतीक्षाको खेल हुनेछ, जहाँ लिगका दुई बलिया टोली सेभिल्ला र बार्सिलोना आमनेसामने हुँदैछन् । यो खेलमाथि धेरैको नजर रहेको छ । खेल नेपाली समयअनुसार राति ठीक ९ बजेबाट सेभिल्लाको घरेलु मैदान रामोन सान्चेज रंगशालामा सुरु हुनेछ । बार्सिलोना हाल लिगको तेस्रो स्थानमा छ भने सेभिल्ला चौथो स्थानमा छ । आजको खेलमा सेभिल्लाभन्दा ज्यादा बार्सिलोना दबाबमा हुनेछ । यसअघि कोपा डेल रे कपको सेमिफाइनलको पहिलो लेगमा सेभिल्लाले बार्सिलानााई आफ्नै घरमा २–० ले हराएको थियो । आज फेरि बार्सिलोना आफ्नो मैदानमा आउँदा सेभिल्ला पाहुना टोलीमाथि अर्को अप्रत्यासित नतिजा निकाल्ने दाउमा हुनेछ ।

आजको खेलपछि केही दिनमै कोपाको सेमिको दोस्रो लेगको निर्णायक खेलमा बार्सिलोनाले सेभिल्लालाई आफ्नो मैदानमा स्वागत गर्दैछ । सो खेलअघि आज यी दुई लिग खेलमा खेल्न लाग्दा दुवै टोलीमाथि ठूलो दबाब हुनेछ । आज सेभिल्ला आफ्नो घरमा बार्सिलोनालाई हराएर तेस्रो स्थानमा उक्लिने दाउमा मात्रै छैन, बार्सिलोनामाथि लगातार दोस्रो जित निकाल्ने दाउमा पनि छ । यता, बार्सिलोना भने आज सेभिल्लाविरुद्ध उसकै घरमा सुखद् नतिजा निकालेर कोपाको पहिलो लेगमा भोगेको हारको बदला लिन मात्रै चाहँदैन, दोस्रो लेगको खेलका लागि आफू तयार रहेको सन्देश पनि दिन चाहन्छ । त्यसैले आजको खेल घरेलु र पाहुना टोली दुवैका लागि ३ अंकका लागि लडाइँ मात्र नभएर प्रतिष्ठाको खेल पनि हुनेछ । लिगमा अहिले कमजोर अवस्थामा रहेको बार्सिलोनामाथि भने यो खेलमा बढी दबाबको अवस्था रहनेछ ।

आजको खेलमा बार्सिलोनाको टोलीमा सबैजसो प्रमुख खेलाडी उपलब्ध छन् । गोल पोस्टमा मार्क आन्द्रे टर स्टेगेन, रक्षापंक्तिमा जेरार्ड पिके, क्लेमेट लेङलेट, सर्जिनो डेस्ट, जोर्डी अल्बासहितका खेलाडी छन् भने युवा डिफेन्डर रोनाल्ड अराउजो पनि आजको खेलबाट मैदान फर्किंदैछन् । यता, आज मिडफिल्डमा सर्जियो बुस्केट्स, फ्रेन्की डे जोङ र पेड्री छन् । आज मिरालेम पियानिच टोलीमै छैनन् । फ्रन्ट लाइनमा कप्तान लिओनल मेस्सीसहित एन्टोनी ग्रीजम्यान, उसामान डेम्बेले, मार्टिन ब्रेथवेट ठीकठाक हुनेछन् । यता, आजको खेलमा सेभिल्लाको टोलीमा पनि खास समस्या छैन । सबै खेलाडी ठीकठाक टोलीमा छन् । लुकास ओकाम्पस पनि केही समयअघि चोटमुक्त हुँदै आइसकेका छन् । बाँकी सबै प्रमुख खेलाडी उपलब्ध छन् । लिगका पछिल्ला ५ खेलमा सबै खेल जितेको उसले आज पाहुना टोली बार्सिलोनालाई पक्कै पनि सजिलै छाड्नेछैन ।

POSSIBLE LINEUPS

Barcelona (4-3-3): Ter Stegen; Dest, Piqué, Umtiti, Alba; De Jong, Busquets, Pedri; Dembélé, Messi, Griezmann
Sevilla (4-3-3): Bounou; Navas, Koundé, Carlos, Escudero; Rakitic, Fernando, Jordán; Munir, En-Nesyri, Gómez

प्रकाशित मिति १५ फाल्गुन २०७७, शनिबार ०८:११
Loading...