आर्सनल र युनाइटेड दुवै युरोपा लिगको अन्तिम १६ मा : एसी मिलान पनि अघि बढ्यो

काठमाडौं, फागुन १४

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सनल दुवै युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । गत राति अन्तिम ३२ अन्तर्गत भएको दोस्रो लेगको खेलमा दुवै टिमले समग्रमा जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । गत राति आर्सनले पोर्चुगिज क्लब बेनफिकामाथि दोस्रो लेगमा ३–२ को जित निकाल्यो । दोस्रो लगेको खेल सकिँदा आर्सनलले समग्रमा ४–३ को नतिजा निकाल्यो । यसअघि भएको पहिलो लेगको खेल भने १–१ को बराबरीमा सकिएको थियो । आफ्नो घरेलु मैदानमा ३–२ को स्पष्ट जित निकालेपछि आर्सनलले अर्को चरणमा प्रवेश पायो ।

यता अर्को इंग्लिस टिम युनाइटेड पनि अन्तिम १६ मा प्रवेश गरेको छ । गत राति आफ्नो घरमा भएको दोस्रो लेगमा युनाइटेड स्पेनिस क्लब रियल सोसिडाडसँग ०–० मा रोकियो । तर, त्यसअघि पहिलो लेग अवे मैदानमा ४–० ले जितेकाले उसले समग्रमा ४–० कै जित निकालेर अर्को चरण पुगेको हो । यता, इटालियन क्लब एसी मिलान पनि युरोपाको अर्को चरण प्रवेश गरेको छ । उसले गत राति आफ्नो घरमा क्रेभेना ज्भेज्डासँगसँग १–१ को बराबरी खेल्यो । तर, त्यसअघि अवे मैदानमा २–२ को बराबरी खेलेकाले समग्रमा खेल ३–३ भए पनि बढी अवे गोलका आधारमा ऊ अघि रहेर अन्तिम १६ मा पुगेको हो । त्यसैगरी, इटालीकै क्लब रोमा पनि सम्रग्रमा ब्रागामाथि ५–१ को जित निकाल्दै अन्तिम १६ मा पुग्दा जर्मन क्लब बायर लेभरकुसेन भने योङ ब्वाइजसँग सगम्रमा ३–६ ले पराजित हुँदै प्रतियोगिताबाट आउट भएको छ ।

प्रकाशित मिति १४ फाल्गुन २०७७, शुक्रबार ०७:५९
Loading...