‘हाई मार्केट भ्यालु’ भएका टप–१० खेलाडीको सूची सार्वजनिक : कसको मूल्य कति ?

काठमाडौं, फागुन १४

युरोपियन टप–५ लिग खेल्ने विभिन्न देशका खेलाडीलाई समेटेर यो समयका सर्वाधिक मूल्यवान् खेलाडीको सूची सार्वजनिक गरिएको छ । फुटबलको विवरण संकलन तथा विश्लेषण गर्ने चर्चित संस्था ‘केपिएएमजी’ले यो समयका टप–१० ‘हाई मार्केट भ्यालु’ भएका खेलाडीको सूची अफिसियल रूपमा प्रकाशित गरेको हो । प्रकाशित सूचीमा युरोपमा शीर्ष पाँच लिग खेल्ने क्लबका खेलाडी समावेश छन् । यस संस्थाले हरेक ६–६ महिनामा मूल्यवान् खेलाडीको सूची प्रकाशित गर्दै आएको छ । उसले यसपटक सिजन मध्यभागबाट अघि बढेपछि यस सिजनको दोस्रोपटक मूल्यवान् खेलाडीहरूको सूची सार्वजनिक गरेको हो ।

प्रकाशित सूचीअनुसार फ्रेन्च क्लब पिएसजीका युवा स्टार केलियन एमबाप्पे यो समयका सबैभन्दा उच्च बजार मूल्य भएका खेलाडी बनेका छन् । मात्र २१ वर्षका द्रुत गतिका फ्रेन्च फरवार्डको हालको बजार मूल्य १८५ मिलियन युरो रहेको छ, जुन सबैभन्दा धेरै हो । सन् २०१८ मा फ्रान्सको टोलीबाट फिफा विश्वकपको उपाधि जितेका उनी समकालीन फुटबलमा दुनियाँका सबैभन्दा स्टार खेलाडी हुन्, जसलाई प्रकाशित रिपोर्टले पनि सर्वाधिक मूल्यवान् खेलाडीको सूचीमा समावेश गरेको छ । गत सिजन पिएसजीलाई च्याम्पियन्स लिगको फाइनलसम्म लैजान महत्त्वपूर्ण योगदान दिएका उनी यो सिजन पनि लिग वानका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । पछिल्लो समय उनले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा स्पेनिस बार्सिलोनाविरुद्ध पिएसजीले १–४ को जित निकाल्दा उत्कृष्ट ह्याट्रिक गरेका थिए ।

एमबाप्पेपछि सर्वाधिक खेलाडीको सूचीको दोस्रो स्थानमा इंग्लिस क्लब टोटनह्यामका ह्यारी केन रहेका छन् । इंग्ल्यान्डको राष्ट्रिय टोलीका कप्तानसमेत रहेका उनको हालको बजार मूल्य कूल १२५ मिलियन युरो रहेको छ । केन चोटमुक्त हुँदै केही समयअघि मात्रै टोलीमा फर्किएका हुन् । केनपछि तेस्रो स्थानमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ रहेका छन् । इंग्ल्यान्डका युवा खेलाडी उनको हालको कूल बजार मूल्य १२५ मिलियन युरो रहेको छ । उनी अहिले पेप ग्वार्डिओलाको टोलीका एक प्रमुख खेलाडी हुन् । र, उनी अहिले पनि उत्कृष्ट लयमा खेलिरहेका छन् । उनी यतिबेला सर्वाधिक मूल्यावान् खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् ।

चौथो स्थानमा जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा प्ले मेकर जाडोन सान्चो रहेका छन् । मात्रै २० वर्षका युवा खेलाडी उनी पनि इंग्ल्यान्डकै खेलाडी हुन् । उनको अहिलेको बजार मूल्य कूल ११८ मिलियन युरो रहेको छ । उनी अहिले युरोपियन टप–५ लिगका युवा स्टारमध्ये एक प्रतिभाशाली खेलाडी हुन् । त्यसैगरी, पाँचौं स्थानमा फ्रेन्च क्लब पिएसजीका स्टार नेइमार रहेका छन् । २९ वर्षीय ब्राजिलका खेलाडी उनको हालको बजार मूल्य कूल ११५ मिलियन युरो रहेको छ । सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोनाबाट सरुवा बजारकै कीर्तिमानी २२२ मिलियन युरो मूल्यमा पिएसजी पुगेका उनको बजार मूल्य पछिल्ला वर्ष घट्दोक्रममा छ । पिएसजीमा उनी लगातार गम्भीराखाले चोटबाट पीडित बन्दै आएका छन् । उनी यस सूचीको पाँचौं स्थानमा छन् । पिएसजीकै सहकर्मी एमबाप्पेको भन्दा नेइमारको बजार मूल्य ७० मिलियन कम हो ।

हेरौं रिपोर्टअनुसार टप–१० उच्च बजार मूल्य भएका खेलाडीको सूची:

प्रकाशित मिति ११ फाल्गुन २०७७, मंगलवार १८:१२
Loading...