घाइते ९ जना सिनियर खेलाडीबिनै एटलान्टाविरुद्ध खेल्ने रियल मड्रिडको टोली घोाणा

एजेन्सी, फागुन ११
युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेल खेल्ने टोली घोषणा गरेको छ । जिनेदिन जिदानले सिनियर टोलीका आफ्ना चोटग्रस्त ९ जना खेलाडीबिनै महत्त्वपर्ण खेल खेल्ने टोली घोषणा गरेका हुन् । घोषित टोलीमा १९ सदस्य खेलाडी रहेका छन् ।

रियलले यसपटक अन्तिम १६ मा इटालियन क्लब एटलान्टा प्रतिस्पर्धी पाएको छ । एटलान्टा अहिले युरोपकै एक खतरनाक अट्याकिङ टिममा रूपमा चिनिन्छ । रियल पहिलो लेगको खेल खेल्न एटलान्टाको घरेलु मैदानमा उत्रिँदैछ । सो खेल बधुबार राति एटलान्टाको घरेलु मैदानमा हुँदैछ ।

पछिल्लो समय रियलमा सिनियर टोलीका ९ जना प्रमुख खेलाडी घाइते छन् । यीमध्ये कोही पनि एटलान्टाविरुद्ध खेल्न फिट छैनन् । र, कसैलाई पनि एटलान्टाविरुद्धको टोलीमा राखिएको छैन । कप्तान तथा डिफेन्डर सर्जियो रामोस, डिफेन्डर इडर मालिटाओ, ड्यानी कार्भाहाल, अल्भारो ओड्रिओजोला, मार्सेलो, मिडफिल्डमा फेडे भाल्भर्डे र फ्रन्ट लाइनमा इडेन हाजार्ड, रोड्रिगो गोएस र करिम बेन्जेमासहित कूल ९ जना प्रमुख खेलाडी घाइते छन् ।

यी खेलाडीबिना रियलको टोलीमा आक्रामक टोली एटलान्टाविरुद्ध खेल्न गोलकिपरमा थिबाउट कोर्टुवा, राफाएल भाराने, फोलर्ना मेन्डी, टोनी क्रुस, लुका मोड्रिच, कासेमिरो, इस्कोदेखि फ्रन्ट लाइनमा मार्को एसेन्सियो, भिनिसियस जुनियर, लुकास भासक्वेज, मारियानो डियाजसहितका खेलाडी हुनेछन् ।

प्रकाशित मिति ११ फाल्गुन २०७७, मंगलवार ११:४५
Loading...