च्याम्पियन्स लिग अन्तिम १६ : आज लाजियो र बार्यन भिड्दै

काठमाडौं, फागुन ११
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज अन्तिम १६ का खेल दुई ठूला खेल हुँदैछन् । प्रि–क्वार्टरफाइनलअन्तर्गत आज पहिलो लेगका दुई खेल हुन लागेका हुन् । आज हुने एक खेलमा इटालियन क्लब लाजियो र जर्मन क्लब बार्यन म्युनिखबीच रोमाञ्चक भिडन्त हुँदैछ । यो खेल लाजियोको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

लाजियोले पहिलो लेगको खेल आज घरेलु मैदान स्टाडियो ओलम्पिको रंगशालामा खेल्दा दबाबमा हुनेछ । गत सिजनको च्याम्पियन तथा युरोपको टप अट्याकिङ टिम बार्यनले लाजियोलाई उसको घरमा आज कडा टक्कर दिने निश्चित छ । डिफेन्सिभ टिम लाजियो र अट्याकिङ टिम लाजियोको यो खेल हेर्नलायक हुनेछ ।

हाल सिरी ए लिगमा लाजियो २३ खेलपछि ४३ अंक बनाएर छैटौं स्टानमा रहेको छ । उसले यो सिजन २३ खेल सकिँदा १३ खेल जितेर ४ खेल बराबरी गरेको छ भने ६ खेल हारेको छ । यता, बार्यनले बुन्डेसलिगामा यो सिजन २२ खेल सकिँदा १५ खेल जितेर ४ खेल बराबरी गरेको छ भने ३ खेल हारेको छ ।

प्रकाशित मिति ११ फाल्गुन २०७७, मंगलवार १०:५५
Loading...