च्याम्पियन्स लिग अन्तिम १६ : आज एथ्लेटिको मड्रिड र चेल्सी भिड्दै

काठमाडौं, फागुन ११
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज अन्तिम १६ को खेल दुई ठूला खेल हुँदैछन् । प्रि–क्वार्टरफाइनलअन्तर्गत आज पहिलो लेगका दुई खेल हुन लागेका हुन् । आज हुने एक खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिड र इंग्लिस क्लब चेल्सीको रोमाञ्चक भिडन्त हुँदैछ । यो खेल एथ्लेटिकोको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

एथ्लेटिकोले पहिलो लेगको खेल आज घरेलु मैदान वान्डा मेट्रोपोलिटनो रंगशालामा खेल्दा दबाबमा हुनेछ । आक्रामक शैलीको इंग्लिस टिमले यो सिजन ला लिगाको उपाधि होडमा रहेको डिएगो सिमोनीको टिमलाई कडा टक्कर दिने पक्का छ । खेलअघि सिमोनीले चेल्सीलाई आफ्नो घरमा गोल गर्न नदिई जित निकाल्न प्रयास गर्ने बताएका छन् ।

हाल प्रिमियर लिगमा चेल्सी २५ खेलपछि ४३ अंक बनाएर पाँचौं स्थानमा रहेको छ । उसले यो सिजन १२ खेल जितेर ७ खेल बराबरी गर्दा ५ खेल हारेको छ । यता, एथ्लेटिकोले ला लिगामा हालसम्म २३ खेलबाट कूल ५५ अंक जोडेको छ । उसले यो सिजन हालसम्म १७ खेल जितेर ४ खेल बराबरी गर्दा २ खेल हारेको छ ।

प्रकाशित मिति ११ फाल्गुन २०७७, मंगलवार ०८:५८
Loading...