बार्सिलोना भर्सेस क्याडिज : पहिलो हाफमा बार्सिलोना १–० ले अगाडि

काठमाडौं, फागुन ९
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा अहिले तेस्रो स्थानको बार्सिलोना र १५औं स्थानको क्याडिजबीचको खेल जारी छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ रंगशालामा जारी खेलको पहिलो हाफमा बार्सिलोनाले १–० को अग्रता लिएको छ । पहिलो हाफमा बार्सिलोनाका २ गोल गर पनि ती गोललाई अफसाइड करार दिइएको थियो ।

आफ्नो घरमा बार्सिलोनाका लागि कप्तान लिओनल मेस्सीले पेनाल्टीमार्फत् गोल गरेका हुन् । मेस्सीले ३२औं मिनेटमा हलुका टचमै गोल गरेका थिए । क्याडिजका डिफेन्डरले बक्सको लाइनमा बार्सिलोनाका पेड्रीलाई दुई तर्फबाट च्यापेर लडाएपछि रेफ्रीले सोझै बार्सिलोनालाई पेनाल्टी दिएका थिए, जसमा मेस्सीले सहजै गोल गरे ।

प्रकाशित मिति ९ फाल्गुन २०७७, आईतवार १८:२५
Loading...