सिरी ए : युभेन्टस आज २०औं स्थानको क्रोटोनेसँग खेल्दै

काठमाडौं, फागुन ९
इटालियन सिरी ए लिग फुटबल प्रतियोगितामा आज युभेन्टस सिजनको २२औं साताको खेल खेल्दै छ । यस खेलका लागि उसले यसै सिजन शीर्ष लिगमा बढुवा भएको र हाल सबैभन्दा पुछारमा रहेकको क्रोटोनेलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दै छ । यो खेल नेपाली समयअनुसार आज राति ठीक १ः३० बजेबाट सुरु हुनेछ ।

युभेन्टस हाल २१ खेलपछि ४२ अंकका साथ छैटौं स्थानमा रहेको छ । उसले यो सिजन १२ खेल मात्रै जितेर ६ खेल बराबरी गर्दा ३ खेल हारिसकेको छ । ऊ हाल २ खेल बढी खेलेको लिग लिडर इन्टर मिलानभन्दा ११ अंकले पछि रहेको छ । यदि युभेन्टसले बाँकी २ वटै खेल जिते मिलानसँगको दूरी ५ मा छोट्याउनेछ ।

युभेन्टसले सिरी ए लिगमा पछिल्ला ५ मध्ये मात्रै ३ खेल जितेर २ खेल हारेको छ । यसअघि उसलाई नापोलीले १–० ले हराएको थियो । सो खेलपछि ऊ आज क्रोटोनेविरुद्ध उत्रिन लागेको हो । यो सिजन लिगमा कमजोर अवस्थाबाट संघर्ष गरिरहेको युभेन्टस आजको खेल जितेर महत्त्वपूर्ण ३ अंक जोड्न चाहन्छ । त्यसका लागि उसले घरेलु मैदानमा सबैभन्दा पुछार २०औं स्थानको टोलीसँग खेल्दैछ । क्रोटोने हाल २२ खेलपछि मात्रै मात्रै १२ अंक जोडेको छ ।

प्रकाशित मिति १० फाल्गुन २०७७, सोमबार १०:२५
Loading...