च्याम्पियन्स लिगमा पेनाल्टीबिना मुस्किल छ मेस्सीलाई : हेरौं यो सिजनको तथ्यांक

काठमाडौं, फागुन ८
स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार फरवार्ड लिओनल मेस्सी युरोपियन च्याम्पियन्स लिग फुटबलमा यस सिज निकै खराब अवस्थाबाट गुज्रिरहेका छन् । उनको टिम बार्सिलोना अन्तिम १६ को पहिलो लेगको फ्रेन्च क्लब पिएसजीसँग आफ्नै घरमा १–४ ले हारेपछि यसपटक पनि खराब नतिजाका साथ अन्तिम १६ बाटै आउट हुने संघारमा छ ।

यता, कप्तान मेस्सी स्वयं पनि यो सिजन व्यक्तिगत रूपमा यस प्रतियोगितामा सधैंको जादुयी लयमा छैनन् । विगत सिजनहरूजस्तो उनको समग्र प्रदर्शन राम्रो त छैन नि, गोल पनि धेरै गरेका छैनन् । यतिसम्म कि, मेस्सीले त यो सिजन च्याम्पियन्स लिगमा पेनाल्टीबाहेक १ गोल पनि गर्न सकेका छैनन् ।

च्याम्पियन्स लिगमा मेस्सीले समूह चरणका खेल सकिएर अन्तिम १६ को पहिलो लेग सकिँदासम्म मात्रै ४ गोल गरेका छन् । र, ती सबै गोल पेनाल्टीमार्फत् मात्रै भएका छन् । पेनाल्टीबाहेक मेस्सीले यो सिजन १ गोल पनि गर्न सकेका छैनन् । यो सिजन यहाँसम्म आइपुग्दा उनले कूल ५ खेल खेल्दा ४ पेनाल्टी गोलबाहेक १ असिस्ट पनि छैन, जुन मेस्सीका लागि निकै खराब अवस्था र तथ्यांक हो ।

मेस्सीले च्याम्पियन्स लिगमा यो सिजन गोल गरेका खेल–

फेरेन्सभारोसविरुद्ध १ गोल (पेनाल्टी)
युभेन्टसविरुद्ध १ गोल (पेनाल्टी)
डाइनामो किभ १ गोल (पेनाल्टी)
पिएसजीविरुद्ध १ गोल (पेनाल्टी)

प्रकाशित मिति ८ फाल्गुन २०७७, शनिबार २०:५०
Loading...