काठमाडौं, फागुन ८
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी लिगको २५औं साताको खेलमा बराबरीमा रोकिएको छ । आज शनिबार भएको खेलमा चेल्सी घरेलु टोली साउथनह्यामपटनसँग १–१ को बराबरीमा रोकिँदै अंक बाँड्न बाध्य भयो ।
आफ्नो घरमा साउथह्यामपटनले खेलको ३३औं मिनेटमा पहिला गोल गरेर खेलमा अग्रता लिएको थियो । घरेलु टोलीका लागि लिभरपुलबाट लोनमा अनुबन्ध भएका ताकुमी मिनामिनोले गोल गरेका थिए ।
त्यसपछि चेल्सीलाई खेलमा फर्किन दोस्रो हाफसम्म पर्खिनुपरेको थियो । खेलको ५४औं मिनेटमा पाएको पेनाल्टीमा युवा खेलाडी मासोन मोउन्टले पेनाल्टीमार्फत् गोल गरेर खेल १–१ बनाए । त्यसपछि खेलभरि नै दुवै तर्फबाट थप गोल नभएपछि खेल बराबरीमा टुंगियो ।
अब यो जितपछि चेल्सीले २५ खेलबाट कूल ४३ अंक जोडेर चौथो स्थानमा चढेको छ । पराजित साउथनह्यामपटनको खातामा २४ खेलपछि ३० अंक छ । ऊ १३औं स्थानमा छ ।
प्रकाशित मिति ८ फाल्गुन २०७७, शनिबार २०:२९