ला लिगामा आज एथ्लेटिको मड्रिड र रियल मड्रिडको खेल हुँदै

काठमाडौं, फागुन ८
स्पेनिस ला लिगा फुटबलमा आज विभिन्न ४ खेलहरू हुँदैछन् । आज हुने खेलमध्ये लिग लिडर एथ्लेटिको मड्रिड र दोस्रो स्थानको रियल मड्रिडले पनि आ–आफ्नो खेल खेल्दैछन् । त्यसैगरी, भ्यालेन्सिया र सेल्टा भिगोबीचको खेल पनि आजै राति हुनेछ ।

लिग लिडर एथ्लेटिकोले आज २३औं साताको खेल आफ्नो घरेलु मैदानमा खेल्दै छ । ३ दिनअघि पनि लेभान्टे र एथ्लेटिको नै खेलेका थिए । यसअघि सिजनको सुरुआतमै हुनुपर्ने पहिलो लेगका खेल त्यसबेला स्थगित भएकाले बुधबार राति मात्रै भएको थियो । लेभान्टेको घरमा भएको सो खेल १–१ को बराबरीमा सकिएको थियो ।

आज राति सिजनको दोस्रो लेगको खेल एथ्लेटिको मड्रिडको मैदानमा हुनेछ । पछिल्ला ३ मध्ये २ खेल बराबरी गरेको एथ्लेटिको आज चर्को दबाबमा हुनेछ । एथ्लेटिकोले पछिल्ला ३ खेलमा १ खेल मात्रै जितेको छ । आज आफ्नो घरमा एथ्लेटिको लेभान्टेसँग स्पष्ट जितको खोजीमा हुनेछ ।

यता, आज हुने अर्को खेलमा भाल्लाडोलिड र रियल मड्रिडको खेल पनि हुनेछ । रियलका लागि यो सिजनको २४औं खेल हुनेछ । रियल हाल २३ खेलपछि ४९ अंकका साथ दोस्रो स्थानमा छ भने भाल्लाडोलिड २३ खेलपछि २१ अंक बनाएर १८औं स्थानमा छ ।

आज हुने खेल नेपाली समयमा:

इल्चे भर्सेस इएबार – साँझ ६ः४५ बजे
एथ्लेटिको मड्रिड भर्सेस लेभान्टे – राति ९ बजे
भ्यालेन्सिया भर्सेस सेल्टा भिगो – राति ११ः१५ बजे
भाल्लाडोलिड भर्सेस रियल मड्रिड – राति १ः४५ बजे

प्रकाशित मिति ८ फाल्गुन २०७७, शनिबार ११:२१
Loading...