एभर्टनले पनि बाँकी राखेन लिभरपुललाई : लिगमा लगातार चौथो हार !

काठमाडौं, फागुन ९
इंग्लिस प्रिमियर लिग फुटबलको गत सिजनको च्याम्पियन टोली लिभरपुलले यस सिजन लगातार चौथो हार भोगेको छ । नेपाली समयअनुसार आइतबार बिहान सम्पन्न लिगको २५औं साताको खेलमा लिभरपुललाई सातौं स्थानको एभर्टनले उसकै घरेलु मैदानमा ०–२ को नमिठो हार खुवायो ।

यससँगै गत वर्ष ३० वर्षपछि घरेलु लिग जितेर कहानी बदलेको लिभरपुलले यो सिजन लगातार चार खेलमा पराजित हुन पुगेको छ । र, उसका लागि यो सिजनको उपाधि अब व्यवहारिक र अंकगणितीय रूपमा पनि आकाशको फल बनेको छ । आज एभर्टनसँग हार्नुअघि लिभरपुलले लगातार तीन खेल हारेको थियो ।

प्रकाशित मिति ७ फाल्गुन २०७७, शुक्रबार २१:४८
Loading...