हल्यान्ड च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्तामा चढे : यस्तो छ ताजा स्थिति

काठमाडौं, फागुन ७
युरोपियन च्याम्पियन्स लिग फुटबलमा जारी सिजनको सर्वाधिक गोलकर्ताको सूचीमा जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा स्टार अर्लिङ हल्यान्ड शीर्ष स्थानमा चढेका छन् । अघिल्लो दिन अन्तिम १६ को पहिलो लेगको खेलमा स्पेनिस सेभिल्लाविरुद्ध २ गोल गरेपछि उनी ताजा अवस्थामा एकल सर्वाधिक गोलकर्ता बनेका हुन् ।

मात्रै २० वर्षका नर्वेका युवा खेलाडी हल्यान्ड यो सिजन उत्कृष्ट लयमा छन् । उनले घरेलु लिगका साथै युरोपियन प्रतियोगितामा पनि लगातार उच्च प्रदर्शन कायमै राखेका छन् । यो सिजन च्याम्पियन्स लिगमा उनले कूल ५ खेलबाट ८ गोल गर्दै १ असिस्ट गरेका छन्, जुन सबैभन्दा धेरै हो ।

ताजा अवस्थामा गत सिजनका सर्वाधिक गोलकर्ता जर्मन क्लब बार्यन म्युनिखका स्टार रोवर्ट लेवान्डोस्की भने टप–२० मा पनि छैनन् । उनले यो सिजन यस प्रतियोगितामा धेरै गोल गर्न सकेका छैनन् । गत सिजन कूल १५ गोल गरेका उनले यो सिजन ४ खेलबाट मात्रै ३ गोल गरेका छन् ।

यो सिजन इटालियन युभेन्टसका अल्भारो मोराटा, फ्रेन्च क्लब पिएसजीका नेइमार, पिएसजीकै केलियन एमबाप्पे अगाडि छन् । त्यसैगरी, इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो, लाजियोका सिरो इम्मोबिले, इंग्लिस क्लब चेल्सीका ओलिभर जिरुड, स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी पनि अगाडि छन् ।

च्याम्पियन्स लिगमा हालसम्म सर्वाधिक गोलकर्ताको सूची हेरौं:

 

प्रकाशित मिति ७ फाल्गुन २०७७, शुक्रबार १७:४३
Loading...