युरोपा लिग : टोटनह्यामले निकाल्यो प्रभावशाली जित

काठमाडौं, फागुन ७
युरोपा लिग फुटबल प्रतियोगितामा इंग्लिस क्लब टोटनह्यामले अस्ट्रियन क्लब उल्भ्सवर्गमाथि फराकिलो जित निकालेको छ । गत राति भएको अन्तिम ३२ को पहिलो लेगको खेलमा टोटनह्यामले उल्भ्सवर्गलाई उसकै घरेलु मैदानमा १–४ गोलअन्तरले स्तब्ध बनायो ।

अब यो जितसँगै टोटनह्यामको अर्को चरण प्रवेश करिब–करिब पक्का भएको छ । यता, उल्भ्सवर्गलाई भने अघि बढ्न अब टोटनह्यामको घरमा हुने दोस्रो लेगमा ०–४ को स्पष्ट जित नै चाहिन्छ, जुन निकै कठिन देखिन्छ ।

टोटनह्यामका लागि पहिलो गोल दक्षिण कोरियन फरवार्ड सन हेङ मिनले खेलको १३औं मिनेटमा गरेका थिए । त्यसपछि २८औं मिनेटमा ग्यारेथ बेलले गोल गरेर अग्रता दोब्बर बनाए भने ३४औं मिनेटमा लुकास मोउराले गोल गरेर पहिलो हाफमा ०–३ को अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफ सुरु भएपछि ५५औं मिनेटमा उल्भ्सवर्गका लागि मिकाएल लिएन्डले गोल गरेर खेल १–३ मा छोट्याएका थिए । तर, ८८औं मिनेटमा कार्लोस भिनिसियसले गोल गरेपछि खेल टोटनह्यामले १–४ ले जित्यो ।

प्रकाशित मिति ७ फाल्गुन २०७७, शुक्रबार ०७:३८
Loading...