युरोपा लिग : रियल सोसिडाडमाथि युनाइटेडको शानदार जित

काठमाडौं, फागुन ७
युरोपा लिग फुटबल प्रतियोगितामा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब रियल सोसिडाडमाथि फराकिलो जित निकालेको छ । गत राति भएको अन्तिम ३२ को पहिलो लेगको खेलमा युनाइटेडले सोसिडाडलाई उसकै घरेलु मैदानमा ०–४ को फराकिलो हार खुवायो ।

अब यो जितसँगै युनाइटेडको अर्को चरण प्रवेश करिब–करिब पक्का भएको छ । दोस्रो लेगमा सोसिडाडलाई अघि बढ्न युनाइटेडको घरमा ०–५ को स्पष्ट जित आवश्यक पर्छ, जुन सोसिडाडका लागि धेरै नै कठिन देखिन्छ ।

युनाइटेडका लागि पोर्चुगिज स्टार ब्रुनो फर्नान्डेजले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरे । उनले खेलको २७औं मिनेटमा पहिलो गोल गर्दा ५७औं मिनेटमा दोस्रो गोल गरे । त्यसपछि ६४औं मिनेटमा मार्कुस रासफोर्डले ६४औं मिनेटमा गोल गरे भने ९०औं मिनेटमा ड्यानिएल जेम्सले गोल गरेपछि खेल युनाइटेडले ०–४ ले जित्यो ।

प्रकाशित मिति ७ फाल्गुन २०७७, शुक्रबार ०७:२६
Loading...