च्याम्पियन्स लिगमा ‘महाभिडन्त’ : यस्तो हुनेछ बार्सिलोना र पिएसजीको ‘तुफानी’ प्लेइङ–११

काठमाडौं, फागुन ४
युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज राति अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पिएसजीको हेभिवेट भिडन्त हुँदैछ । सो खेल बार्सिलोनाको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

यी दुई टोली सन् २०१७ सालमा अन्तिम १६ मै खेलेका थिए । त्यसबेला बार्सिलोनाले दोस्रो लेगमा पिएसजीविरुद्ध ६–१ को नाटकीय जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको थियो । आज राति क्याम्प नोउ रंगशालामा उत्रिँदा पाहुना टोली पिएसजी बार्सिलोनाविरुद्ध ४ वर्षअघि भोगेको हारको बदला लिने दाउमा छ । भलै, दोस्रो लेग पनि हुने हुँदा आजकै खेलको नतिजा भने निर्णायक हुनेछैन ।

टिम विश्लेषण र सम्भावित प्लेइङ ११

आज राति आफ्नो मैेदानमा उत्रिँदा बार्सिलोना दबाबमा हुनेछ । यो सिजन मध्यम लयबाट अघि बढिरहेको बार्सिलोना युरोपकै आक्रामक टोलीको सामना गर्दैछ । आज प्रशिक्षक रोनाल्ड कोम्यानले पिएसजीविरुद्ध नम्बर वान टिम उतार्ने पक्का छ । उनले रक्षापंक्ति र फ्रन्ट लाइनमा पनि खेलाडी छनौटमा कुनै सम्झौता गर्नेछैनन् ।

पछिल्ला खेलहरूमा केही संघर्ष गरेको बार्सिलोनाका लागि आज राति केही राम्रा खबर छन् । अघिल्लो खेलमा आराम दिइएका डिफेन्डर जोर्डी अल्बा आजको खेलमा उपलब्ध छन् । त्यसैगरी, यसअघि घाइते रहेका युवा डिफेन्डर सर्जिनो डेस्ट चोटमुक्त हुँदै मैदान फर्किंदैछन् । त्यसैगरी, युवा डिफेन्डर क्लेमेट लेङलेट र ओस्कार मिंगुएजा आज ठीकठाक टोलीमा छन् । मिडफिल्डमा आज पनि कोम्यानले प्ले मेकर मिरालेम पियानिचलाई सुरुआतमा नराख्ने करिब पक्का छ । त्यसो हुँदा सर्जियो बुस्केट्स, फ्रेन्की डे जोङ र युवा स्टार पेड्री मिडफिल्डको पहिलो रोजाइमा हुनेछन् ।

यता, फ्रन्ट लाइनमा आजको खेलमा कप्तान लिओनल मेस्सी, उसामान डेम्बेले र एन्टोनी ग्रीजम्यानको तुफानी टिम हुनेछ । आज पिएसजीविरुद्ध यो टिममाथि ठूलो जिम्मेवारी र दबाब हुनेछ । त्यसैगरी, आज गोलपोस्ट सम्हाल्ने मार्क आन्द्रे टर स्टेगेन पनि आज बार्सिलोनाका लागि पर्खाल बन्नेछन् ।

यता, पाहुना टोली पिएसजीका लागि आज केही समस्याका साथै केही खुसीको खबर पनि छ । प्रमुख फरवार्ड नेइमार चोटका कारण आजको खेलमा उपलब्ध नहुने पक्का भइसकेको छ । तर, पहिलो रोजाइका गोलकिपर केलर नाभास चोटमुक्त भएर आज टोलीमा फर्किंदैछन् । उनको आगमन पिएसजीका लागि सुखद् र बार्सिलोनाका लागि नराम्रो खबर हो । उनी च्याम्पियन्स लिगजस्तो ठूलो प्रतियोगितामा निकै अनुभवी गोलकिपर हुन्, जसले रियल मड्रिडलाई लगातार तीन सिजन च्याम्पियन्स लिग जिताएका थिए ।

आज पिएसजीको फ्रन्ट लाइनमा खतरनाक सेट हुनेछ । बार्सिलोनाको पोस्ट हान्न आज सुरुआतबाटै केलियन एमबाप्पे, माउरो इकार्डी र युवा स्टार मोइसे किन हुने सम्भावना छ । अवे मैदानमा सकेसम्म चाँडो गोल गरे खेल जित्न वा धेरै अवे गोल गर्नका लागि प्रशिक्षक माउरिसियो पोचेटिनोले आज फ्रन्ट लाइनमा तुफानी टोली उतार्नेछन् । तसर्थ, उनले आज बार्सिलोनाविरुद्ध ३ जनालाई अगाडि परिचालन गर्नेछन् । यी ३ जनाको वेगलाई रोक्न आज बार्सिलोनाको रक्षापंक्तिलाई फलामको चिउरा हुन सक्छ ।

स्पेनको चर्चित पत्रिका ‘मुन्डो डेपोर्टिभो’ले आज रातिको खेलका लागि सम्भावित प्लेइङ सेटको यस्तो हुने बताएको छ–

 

प्रकाशित मिति ४ फाल्गुन २०७७, मंगलवार १८:४४
Loading...