गोल्डेन बुट दौडमा रोनाल्डोमाथि लुकाकुको हमला : यस्तो छ ताजा स्थिति

काठमाडौं, फागुन ३
इटालियन सिरी ए लिग फुटबलको गोल्डेन बुटका लागि सर्वाधिक गोलकर्तामा प्रतिस्पर्धा बढेको छ । अहिलेको ताजा अवस्थामा युभेन्टसका क्रिस्टियानो रोनाल्डो र इन्टर मिलानका रामेलु लुकाकु सोझो प्रतिस्पर्धामा उत्रिएका छन् । अहिले यी दुवै खेलाडीका नाममा समान १६–१६ लिग गोल छ ।

गत राति इन्टर मिलानले लाजियोलाई ३–१ ले पराजित गर्नेक्रममा बेल्जियन स्टार लुकाकुले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेका थिए । सो खेलमा गरेको २ गोलको मदतमा उनले रोनाल्डोको सर्वाधिक १६ गोलसँग बराबरी गरेका हुन् । त्यसअघि युभेन्टस नापोलीसँग १–० ले हार्दा रोनाल्डो गोलविहीन बनेका थिए ।

रोनाल्डो गोलविहीन बनेपछिको खेलमा इन्टरका लुकाकुले लाजियोविरुद्ध २ गोल गर्दै रोनाल्डोसँग बराबरी गरेका हुन् । अहिले लिगको सर्वाधिक गोलकर्तामा यी २ जना समान १६–१६ गोलसहित संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । जसमा रोनाल्डोले १८ खेलबाट १६ गोल गरेका छन् भने लुकाकुले २१ खेलबाट १६ गोल गरेका छन् ।

त्यसैगरी, गत सिजन सर्वाधिक गोलकर्ता लाजियोका सिरो इम्मोबिले दोस्रो स्थानमा छन् । उनले हालसम्म २० खेलबाट १४ गोल गरेका छन् । तेस्रो स्थानमा एसी मिलानका ज्लाटन इब्राहिमोभिच रहेका छन् । उनले १२ खेलबाट १४ गोल गर्दा चौथो स्थानमा एटलान्टाका लुइस मुरिएल छन् । उनले २० खेलबाट १२ गोल गरेका छन् ।

प्रकाशित मिति ३ फाल्गुन २०७७, सोमबार १८:४६
Loading...