लाजियोलाई हराउँदै इन्टर मिलान सिरी ए लिगको शीर्ष स्थानमा

काठमाडौं, फागुन ३
इटालियन सिरी ए लिग फुटबलमा इन्टर मिलान लिगको शीर्ष स्थानमा चढेको छ । गत राति भएको खेलमा मिलानले आफ्नो घरेलु मैदानमा अर्को बलियो टोली लाजियोलाई ३–१ ले हराउँदै लिग लिडर बनेको हो । सिजनको २२औं खेल आफ्नो मैदानमा खेलेको मिलानले पाहुना टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो ।

मिलानलाई जिताउन बेल्जियन फरवार्ड रोमेलु लुकाकुले २ गोल गरे भने अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजले १ गोल गरे । यता, पराजित लाजियोका लागि सेर्गिज मिलिनकोभिच सेभिचले १ गोल गरे । यो जितका साथ इन्टर मिलान एसी मिलानलाई पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।

प्रकाशित मिति ३ फाल्गुन २०७७, सोमबार ०८:१८
Loading...