नापोली भर्सेस युभेन्टस : पहिलो हाफमा नापोली १–० ले अघि

काठमाडौं, फागुन १
इटालियन सिरी ए लिग फुटबलमा अहिले दुई ठूला टोलीहरू नापोली र युभेन्टसको खेल जारी छ । नापोलीको घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा घरेलु टोेलीले १–० को अग्रता लिएको छ । स्टाडियो सान पाओलो रंगशालामा नापोलीले आगन्तुक टोलीविरुद्ध पेनाल्टी गोलमार्फत् अग्रता लिएको हो ।

प्रतिस्पर्धात्मक खेलमा नापोलीले ३१औं मिनेटमा पेनाल्टी पायो । युभेन्टसको बक्समा नापोलीका खेलाडीमाथि कप्तान जर्जियो किलिनीले फउल गरेपछि रेफ्रीले भिएआरमार्फत् नापोलीलाई पेनाल्टी दिएका थिए, जसमा लोरेन्जो इन्सिग्नले कुनै गल्त्ती नगरी गोल गरेर टिमलाई अग्रता दिलाए । किलिनीले एयर बल क्लियर गर्न खोज्दा विपक्षी खेलाडीको अनुहारमा पाखुराले हानेका थिए ।

पहिलो हाफमा युभेन्टसले बल ज्यादा आफ्नो पकडमा राखे पनि गोल गर्न सकेन । उसले जम्मा ५ पटक गोलका लागि मुभ बनाए पनि मात्रै एकपटक सही दिशामा हानेको थियो । पहिलो हाफमा नापोलीले बढी गोलका लागि मुभ बनायो ।

प्रकाशित मिति १ फाल्गुन २०७७, शनिबार २३:३३
Loading...