पिएसजीसँगको खेलअघि ठूलो दबाब : अलाभेसविरुद्ध मेस्सी खेल्ने सम्भावना कति ?

एजेन्सी, फागुन १
स्पेनिस ला लिगा फुटबलमा आज राति बार्सिलोना र अलाभेसको खेल हुँदैछ । तेस्रो स्थानको बार्सिलोना १६औं स्थानको अलाभेसलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । यो खेल क्याम्प नोउ रंगशालमा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

आज आफ्नो घरमा उत्रिँदा बार्सिलोना ठूलै दबाबमा हुनेछ । ३ दिनअघि कोपा डेल रे कपको सेमिफाइनलको पहिलो लेगमा सेभिल्लासँग २–० ले हारेपछि अर्को खेलमा उत्रिँदा बार्सिलोनामाथि जितको दबाब हुने नै भयो । यो खेलपछि बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ मा बलियो टोली फ्रेन्च क्लब पिएसजीसँग खेल्ने भएकाले पनि अलाभेसविरुद्ध बार्सिलोनामाथि खास दबाब हुनेछ । बार्सिलोनलो ३ दिनपछि अन्तिम १६ को पहिलो लेगमा आफ्नै घरमा पिएसजीसँग खेल्नेछ ।

सो खेलअघि बार्सिलोना लिग खेलमा सकेसम्म राम्रो नतिजा निकाल्न चाहन्छ । तर, पछिल्लो समय केही खेलाडीको चोटले थलिएको बार्सिलोना आज राति अलाभेसविरुद्ध उत्रिँदा निकै सचेत हुनेछ । उसले घरेलु मैदन खेल जित्नुपर्ने दबाब मात्रै छन, खेलाडीलाई चोटबाट बचाउनुपर्ने पनि हुन्छ । यो खेल लगत्तै पिएसजीसँग खेल्नुपर्ने हुँदा बार्सिलोना खेलाडीको चोट र हार दुवै चाहँदैन ।

सेभिल्लासँगको हारले ठूलो दबाबमा रहेको बार्सिलोना पिएसजीसँगको खेलअघि उत्कृष्ट लयमा फर्किएर च्याम्पियन्स लिगका लागि तयार रहेको सन्देश दिन चाहन्छ । र, मनोबल उच्च बनाउन चाहन्छ । तर, अलाभेसविरद्ध उत्रिँदा बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले केही खास निर्णय गर्ने सम्भावना रहेको छ । लिगको १६औं स्थानको टिमविरुद्ध उत्रिँदा उनले टोलीका केही प्रमुख खेलाडीलाई विश्राम दिन सक्नेछन् ।

पिएसजीसँगको खेललाई ख्याल गर्दै उनले प्रमुख खेलाडीलाई सम्भावित चोटको जोखिमबाट बचाउन उनले कप्तान मेस्सीलाई यस खेलमा आराम दिन सक्ने सम्भावना रहेको स्पेनिस मिडियाले जनाएका छन् । तर, कोम्यानले पिएसजीसँगको खेलअघिको लिग खेलमा सकेसम्म राम्रो नतिजा निकाल्नुपर्ने दबाब रहेकाले मेस्सीलाई आराम दिएर जोखिम नमोल्न सक्छन् । मेस्सीलाई सुरुआतबाटै खेलाएर खेल जित्ने निश्चित भएपछि उनलाई सब्सिच्युट गर्ने निर्णय कोम्यानका लागि उत्तम हुने देखिन्छ ।

Barcelona Possible  XI: Ter Stegen; Mingueza, Lenglet, Umtiti, Alba; Busquets, De Jong; Dembele, Puig, Pedri; Griezmann.

Alaves Possible XI: Pacheco; Navarro, Laguardia, Lejeuane, Duarte; Mendez, Garcia, Pina, Rioja; Perez, Joselu.

मार्काका अनुसार आज राति बार्सिलोना र अलाभेसको सम्भावित प्लेइङ ११ यस्ता हुन सक्नेछ:

प्रकाशित मिति १ फाल्गुन २०७७, शनिबार १९:५१
Loading...