आज ग्रानाडा र एथ्लेटिको मड्रिड भिड्दै : सेभिल्लाको खेल आजै

काठमाडौं, फागुन १
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा लिग लिडर एथ्लेटिको मड्रिडले आज लिगको २१औं साताको खेल खेल्दै छ । ऊ यो खेलका लागि लिगको आठौं स्थानमा रहेको ग्रानाडाको घरेलु मैदानमा उत्रिँदैछ । यो खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।

यो सिजन उत्कृष्ट लयमा रहेको एथ्लेटिको स्पष्ट रूपमा उपाधि होडमा छ । उसले हाल लिगका २० खेल सकिँदा कूल ५१ अंक बनाएर शीर्ष स्थानमा रहेको छ । उसले हालसम्म १६ खेल जितेर १ खेल मात्रै हार्दा ३ खेल बराबरी गरेको छ । ताजा अवस्थामा एथ्लेटिको २ खेल बढी खेलेको दोस्रो स्थानको रियल मड्रिडभन्दा ५ अंकले अघि रहेको छ ।

यता, आज लिग लिडर एथ्लेटिकोलाई आफ्नो मैदानमा भित्र्याउन लागेको ग्रानाडा २२ खेलपछि ३० अंक बनाएर आठौं स्थानमा छ । उसले यो सिजन ८ खेल जितेर ६ खेल बराबरी गरेको छ भने ८ खेल हारेको छ । ग्रानाडाले लिगका पछिल्ला ५ मध्ये मात्रै १ खेल जितेर ३ खेल बराबरी गर्दा १ खेल हारेको छ ।

आजका खेल नेपाली समयमा:

ग्रानाडा भर्सेस एथ्लेटिको मड्रिड – साँझ ६ः४५ बजे
सेभिल्ला भर्सेस हुएस्का – राति ९ बजे
एइबार भर्सेस भाल्लाडोलिड – राति ११ः१५ बजे
बार्सिलोना भर्सेस अलाभेस – राति १ः४५ बजे

प्रकाशित मिति १ फाल्गुन २०७७, शनिबार १२:५५
Loading...