म्यानचेस्टर युनाइटेड एफए कपको क्वार्टरफाइनल प्रवेश

काठमाडौं, माघ २८
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । पाँचौं राउन्डमा युनाइटेडले वेस्ट ह्याममाथि १–० को कठिन जित निकाल्दै अर्को चरणमा स्थान बनायो । नेपाली समयअनुसार बुधबार बिहान भएको खेलमा युनाइटेडलाई १ गोल गरेर खेल जित्दन पनि ९० मिनेटपछि थपिएको ३० मिनेटको समयसम्म संघर्ष गर्नु परेको थियो ।

प्रतिस्र्धात्मक खेलको पहिलो र दोस्रो हाफ ०–० मा सकियो । निर्धारित ९० मिनेट र इन्जुरी समयमा पनि दुवै टोलीबाट थप गोल नभएपछि खेललाई ३० मिनेटको थप समयमा लगिएको थियो, जहाँ युनाइटेडले गोल गर्न सफल भयो । थप समयको पहिलो हाफको सातौं मिनेटमा युनाइटेडका लागि युवा खेलाडी स्कुट टोमिनेले गरेको १ मात्रै गोल युनाइटेडलाई क्वार्टरफाइनल लैजान काफी भयो ।

वेस्ट ह्यामविरुद्ध युनाइेडले खेलभरि नै आक्रामक खेल खेले पनि जितका लागि ठूलै संघर्ष गर्नु परेको थियो । खेलभरिमा उसले कूल १ पटक आक्रमण बुन्दा ५ पटक अन टार्गेट हानेको थियो । यता, वेस्ट ह्यामले भने खेलभरिमा जम्मा ३ पटक आक्रमण बुन्दा जम्मा १ पटक मात्रै अन टार्गेट प्रहार गरेको थियो ।

प्रकाशित मिति २८ माघ २०७७, बुधबार ०४:०४
Loading...