रोनाल्डोलाई पछि पार्दै मेस्सी ‘प्लेयर अफ् द डिकेड’ घोषित : यस्तो छ टप–१० सूची

काठमाडौं, माघ २५
स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका फरवार्ड लिओनल मेस्सी दशककै सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उमेरले ३४ वर्ष नजिक रहेका मेस्सीलाई आज ‘इन्टरनेसनल फेडेरेसन अफ् फुटबल हिस्टोरी एन्ड स्टाटिस्टिक्स (आईएफएफएचएस) ले पुरुषतर्फ पछिल्लो दशकका लागि सर्वश्रेष्ठ खेलाडी घोषणा गरेको हो । सो संस्थाले मेस्सीलाई ‘द बेस्ट मेन्स प्लेयर अफ् द डिकेड’ घोषणा गर्दै टप–१० सूची समेत घोषणा छ ।

दशककै सर्वोत्कृष्ट खेलाडी घोषणाका लागि संस्थाका प्राविधिक अधिकारी र विश्वभरबाट १५० भन्दा बढी प्रतिनिधिले आफ्नो भोट दिएएका थिए । जसमा मेस्सी पहिलो स्थानमा रहे । मेस्सीले आफ्ना खास प्रतिस्पर्धी इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै सर्वोत्कष्ट खेलाडी घोषित भए । संस्थाले महादेश स्तर र विश्वभरबाट उत्कृष्ट खेलाडी घोषणा गरेको हो ।

जसमा मेस्सी आफ्नो महादेश दक्षिण अमेरिकी क्षेत्रबाट पनि उत्कृष्ट खेलाडी घोषित हुँदा विश्वभरबाट पनि उनी नै सर्वोत्कृष्ट बने । यता, रोनाल्डो भने महादेश स्तरमा युरोपबाट उत्कृष्ट घोषणा हुँदा विश्वभरबाट भने दोस्रो स्थानमा रहे । पछिल्लो दशक मेस्सीले अर्जेन्टिनाबाट कुनै पनि उपाधि जित्न सकेनन्, पछिल्लो दशक मात्रै हैन, उनी आजसम्म पनि अन्तर्राष्ट्रिय फुटबलमा उपाधिविहीन नै छन् । तर, बार्सिलोनामा भने सोही अवधिमा उत्कृष्ट प्रदर्शन गर्दै उनले ६ ला लिगा, ५ कोपा डेल रे, २ च्याम्पियन्स लिगसहित ४ बालोन डिओर अवार्ड जिते ।

यता, सोही अवधिमा २०१६ को युरो कपसहित दुई अन्तर्राष्ट्रिय उपाधि, चार च्याम्पियन्स लिग, दुई ला लिगा, दुई सिरी ए र चार बालोन डिओर जित्ने रोनाल्डो भने दोस्रो स्थानमा रहे । यता, तेस्रो स्थानमा भने अप्रत्यासित रूपमा स्पेनिस बार्सिलोनाका पूर्वखेलाडी तथा स्पेनका आन्द्रेस इनिएस्टा रहेका छन् । जबकि, उनले त पछिल्लो दशकको करिब आधा समय उत्कृष्ट लयमा पनि खेलेनन् भने पछिल्ला वर्ष त उनी ठूला लिगामा पनि छैनन् ।

संस्थाले जारी गरेको टप–१० सूची यहाँ हेरौं–

प्रकाशित मिति २५ माघ २०७७, आईतवार २१:३१
Loading...